एशियाकपको लागि नेपालले प्लेअफ खेल्नुपर्ने, प्रतियोगिता युएईमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २७ गते २०७४ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज) नेपालले एशिया कपको लागि प्ले अफ खेल्दै स्थान बनाउनुपर्ने छ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको पक्का हुदाँ नेपालले भने प्ले अफ खेल्दै छैटौं टोली बन्नुपर्ने खाँचो छ । प्ले अफमा नेपालले यूएई, हङकङ, र ओमानसँग खेल्ने छ । प्ले अफबाट छैटौं टीम भने तय हुनेछ । छैटौं टोलीले एशियाकप खेल्न पाउने छ ।

एशिया कप पनि अब भारतमा नभई संयुक्त अरब इमिरेट्स(युएई)मा हुने तय भएको छ । भारतमा हुने भनिएको एसिया कप २०१८ संयुक्त अरब इमिरेट्सले आयोजना गर्ने भएको छ । प्रतियोगिता सेप्टेम्बर १३ देखि २८ सम्म हुने अनुमान छ । भारत र पाकिस्तानको तनावपूर्ण सम्बन्धका कारण एसिया कप भारतको सट्टा यूएईमा हुने भएको हो ।

यसबारे एसीसीमा छलफल भएको भन्दै एसियन क्रिकेट काउन्सिल र पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेट्ठीले अर्को देशमा प्रतियोगिता आयोजना गर्नु नै उत्तम विकल्प भएको बताएपछि प्रतियोगिता सारिएको हो । इमर्जिङ टिम्स एसिया कप भने पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अप्रिलमा हुने भनिएको यो प्रतियोगिता अब डिसेम्बरमा हुनेछ ।