आयोजकका दुवैटोली प्रिक्वार्टर फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २९ गते २०७४ मा प्रकाशित


पोखरा,(खेलाडी न्युज)—दोस्रो विरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको संगम एफसी एलजीकप सेभेन ए साईड फुटबल प्रतियोगिताको प्रिक्र्वाटरफाईनल प्रवेश गरेको छ । बुधबार अमरसिंह चौरको खेल मैदानमा संगमले शुक्ला गण्डकी युवा क्लबलाई पराजित गर्दै प्रिक्र्वाटरफाईनलमा प्रवेश गरेको छ । संगमले शुक्ला गण्डी युवालाई ३—० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश पाएको हो ।

बुधबारको प्रतिस्पर्धामा आयोजक एलजी एशोसियसनका दुवैटोलीले जित दर्ता गर्दै अन्तिम १६ मा पुग्न सफल भए । आयोजक एलजी रातोले बुद्धटोल फुटबल क्लबलाई २–० गोलले पराजित गरेको थियो । अर्को खेलमा एलजी कालोले लेकसाइड युबा क्लबको चुनौतिलाई उस्तै नजितामा २–० गोलमै पन्छाएको थियो .

दोब्रे एफसीले रामघाटलाई ५–२ गोलले पराजित गरेको थियो । बी थर्टिनले रंजन मेमोरियललाई २–० गोलले, ताराले गैह«ापाटन युबा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको आयोजक एलजी एशोसियनसनले जनाएको छ । बुढीबजारले नयाँ गाँउ युबा क्लबलाई पेनाल्टी सुटमा ३–२ गोल अन्तरले पाखा लगाउँदै प्रिक्र्वाटर यात्रा सम्भव बनायो ।
बैशाख १ गते समापन हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर क्रमश नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले क्रमश नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।
बलको लागि घम्साघम्सी गर्दै कालो जर्सीमा आयोजक एलजीका खेलाडी र रातो जर्सीमा बुद्ध टोलका खेलाडी ।