बिरेठाँटीमा आजदेखि क्यानोनिङ प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—साहसिक खेल क्यानोनिङ प्रतियोगिता आजदेखि विरेठाँटी क्यानोनिङ सेन्टरमा हुदैै छ । बैशाख १ सम्म क्यानोनिङ प्रतियोगिता हुने छ । पोखरा क्यानोनिङ र विरेठाँटी क्यानोनिङ प्रालिले संयुक्त रुपमा क्यानोनिङ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा ५० क्यानोनिङ खेलाडीको सहभागिता रहेको पोखरा क्यानोनिङ प्रा.लिका निर्देशक राम गुरुङले जानकारी दिए । चीनबहादुर प्यारी प्रतिष्ठानको मुख्य प्रायोजना रहेको प्रतियोगितामा विशेष गरी कास्की, भोटेकोशी, ककनी, सुन्दरी जल, लम्जुङ, बाग्लुङ(हटिया), पर्वत(दुर्लुङ)मा रहेको क्यानोनिङका गाईडहरुको सहभागिता रहेको छ ।

तीन चरणमा गरी फाईनल निकालिने छ । सहभागिताबाट समयको आधारमा टप टेन, टप फाईभ हुदैं विजेता घोषणा गरिने छ । प्रतियोगिता कास्कीको विरेठाँटीस्थित विरेठाँटी क्यानोङि (छहरा)मा हुने छ । छहरा ५० मिटरको उचाईको रहेको छ । बिरेठाँटी क्यानोनिङ सञ्चालनमा आएको छ महिनामात्रै भएको छ । पोखरा क्यानोनिङ भने चार वर्ष अघिदेखि सञ्चालित छ । पोखरा क्यानोनिङ कास्कीको ल्वाङघलेल गाँउमा छ ।

दुवै क्यानोनिङ अन्नपुर्ण संरक्षण क्षेत्र भित्र पर्छन् । क्यानोनिङ संरक्षण र सम्बद्र्धन गर्न नीतिगत निर्देशिकाको अभावले समस्या रहेको उनको भनाई थियो । पोखरा क्यानोनिङ प्रालिले वर्षेनी क्यानोनिङ सम्बन्धी प्रशिक्षण समेत दिदैं आएको छ । ४० जनाले प्रशिक्षण लिईसकेका छन् ।

क्यानोनिङको लागि अमेरिकन क्यानोनिङ एकेडेमीले प्रशिक्षण दिने गरेको छ । क्यानोनिङ विजेताले नगद ३० हजार प्राप्त गर्ने छन् । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितासँगै विभिन्न साँस्कृति कार्यक्रम समेत गरिने छ । कार्यक्रमको लागि ५लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।