एलजीकपबाट संगम बाहिरियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २९ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)-कमल पोखरी युवा क्लब दोस्रो एलजी कप सेभेन ए साईड फुटबल प्रतियोगिताको क्र्वाटरफाईनलमा प्रवेश गरेको छ । कमलपोखरी युवा क्लबको पनि भाग्य सडन डेथमा लेखियो । सडन डेथमाा बी थर्टिनलाई ८—७ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

बुढीबजार युबा क्लबले भिमकाली फुटबल क्लबलाई १–० गोलले, सिक्स्टीनाइनले चैट चैट चैटलाई २–० गोल अन्तरले जित्दै क्र्वाटरफाईनल प्रवेश गरेको आयोजकले जनाएका छन् । लेकसाईड एफसीले तारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा २—१ ले पराजित गरेको छ । आयोजक एलजी ब्ल्याकले शितलज्योति क्लबलाई ३—० गोलले पराजित गर्दै क्वार्टरफाईनल सुनिश्चित गर्यो ।

दोब्रे फुटबल क्लब पामेलाई २—१ गोलले पराजित गर्दै एलजी रातो पोखराको अमरसिंह चौरमा आयोजित दोस्रो एलजी कप सेभेन ए साईड फुटबल प्रतियोगिताको क्र्वाटरफाईनल प्रवेश गरेको छ । भण्डारढीकको आर्दश क्लबले भने अन्तिम आठमा आफनो स्थान पक्का गर्न संगम फुटबल क्लबलाई पेनाल्टी सुटमा ५—४ गोल अन्तरमा पराजित हुन पुग्यो ।

लालिगुरास य्ुबा क्लब पोखराद्वारा आयोजित दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको फाईनल भोलि बैशाख १ गते हुने छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन ।

संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए । यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर समान नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले समान नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।