च्याम्पियन्स लिग, बार्यनले रियलसँग र एएस रोमाले लिभरपुलको सामना गर्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १ गते २०७५ मा प्रकाशित


एजेन्सी- च्याम्पियन्स लिग अन्तर्गत सेमिफाईनलको लागि खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार स्पेनिस जायन्ट रियल मर्डिडले जर्मनी बुण्डेसा लिग च्याम्पियन बार्यन म्युनिख सँग खेल्ने छ । उता इंिग्लस क्लब लिभरपुलले इटालियन क्लब एएस रोमासित खेल्ने पक्का गरेको छ ।

लिभरपुलले छिमेकी क्लब म्यानचेष्टर सिटीलाई पराजित गर्दै सेमिाफाईनल प्रवेश गरेको थियो । रियलले इटालियन क्लब युभेण्ट्सलाई, एएस रोमाले बार्सिलोना र बार्यन म्युनिखले सेभिल्लालाई पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेका थिए ।

युरोपा लिग
युरोपा लिग अन्तर्गत इग्लिस क्लब आर्सनलले सेमिफाईनलमा स्पेनिस क्लब एथलेटिको मर्डिडसँग भेट गरेको छ । नयाँ सार्वजनिक गरिएको तालिका अनुसार आर्सनलले एथलेटिकोसँग सेमिफाईनल खेल्दा दोस्रो सेमिफाईनल भने फ्रान्सेली क्लब मार्र्सेले अष्ट्रियाको रेड बुल साल्जबर्गसँग खेल्ने छ ।