दशजना खेलाडीमा सीमित डेविडफल आयोजकसँग पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—पोखरा लेखनाथ महागनरपालिका वडा नं २५ हेमजामा आजदेखि शुभकामना कप नकाउट फुटवल प्रतियोगिता शुरु भएको छ । डेविडफल युवा क्लबलाई ३—० गोलले पराजित गर्दै हेमजा ११ एले शुभकामना कपको विजयी शुरुवात गरेको छ ।

हेमजा युनाईटेडको आयोजनामा हेमजाको गौरीशंकर खेल मैदानमा शुभकामना कप नकाउट फुटबल प्रतियोगिताको सुखद शुरुवात गर्ने क्रममा समीर कार्कीले दुई र टेक गुरुङले गोल गरे । प्रतियोगिताबाट पहिलो खेलबाटै बाहिरिएको डेविड फल युवा क्लब भने दश खेलाडीमा सीमित हुदैं प्रतियोगिताको निर्धारित समय टुग्याएको थियो ।

१६ क्लबको सहभागिता रहेको प्रतियोगितामा आइतबार तीन खेल हुने हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए । पहिलो खेल लेकसाइड फुटबल क्लब र एवीसी (अमरसिंह ब्वाईज क्लब)क्लब बीच हुने छ । दोस्रो खेल शितलज्योति युवा क्लब र ईन्द्रेणी एकिकृत विकास केन्द्रबीच हुने छ । अन्तिम खेल बाग्लुड्ड फुटबल संघ र साहारा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले यहाँको खलेमैदानलाई स्तरोन्नती गर्नका लागि मन्त्रलायको ध्यान केन्द्रीत भएको बताए । ‘यहि खेल मैदानबाट खेल शुरु गरेको खेलाडी राष्ट्रिय खेलाडी बनेका छन्’–उनले भने–‘दुई तिन दिन भित्रमा मन्त्रालयमा कागजपत्र पठाउनुहोस मन्त्रलयले यो खेल मैदानलाई हामी चाडै नै स्तरोन्नती गर्नेछौं ।’

कार्यक्रममा पोखरा लेखनाथ–२५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिना, पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठी, वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा, गौरी शंकर माविका प्रध्यानाध्यापक अम्मरबहादुर कुँवर, शिक्षासेवी माधवशरण पौडेल, एन्फा कास्कीका महासचिव तथा विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्की, वडा नागरिक मञ्च हेमजाकी अध्यक्ष रमा त्रिपाठीले बोलेका थिए। कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने सहयोगिदातालाई सम्मान गरिएको थियो।