फुटबल संघ कास्कीले शुरु गर्यो एकेडेमी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युजं)-नबबर्षसँगै कास्की जिल्ला फुटबल सँघले एन्फा एकेडेमी स्थापना गरी सञ्चालनमाल्याएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले आईतबार एन्फा कास्कीका उपाध्यक्ष तथा एकेडेमीका संयोजक ईश्वर गुरुङ (चन्द्र) लाई बल हस्तान्तरण गरी एकेडेमीको बिधिगत सञ्चालन गरे ।

सोहीअबसरमाबोल्दै थापाले पोखरा खेलकुदको केन्द्र रहेको बताए । उनले खेलकुदमध्ये सबैभन्दा फुटबलले पछिल्लो समय लोकप्रियताकमाएको बताउदै फुटबल खेलमा प्रशिक्षार्थीहरुको भबिष्य उज्ववल रहेको बताए । उनले एन्फा कास्कीले पछिल्लो समय सँस्थाको अस्तित्व जोगाउने र प्रतिष्ठा उँचो बनाउनले खालका सकरात्मक तथा उल्लेखनिय कार्यहरु गरेको भन्दै खुलेरै प्रशंसा गरे ।

अखिल नेपाल फुटबल सँघमा संस्थाको अस्थित्व मेटाउनाका लागि कुनै तत्वहरु लागिरहेको औल्याउदै उक्त तत्वहरुलाई पारास्त गर्नुपर्ने बताए । एन्फा एकेडेमीमा प्रशिक्षकको रुपमा शम्भु केसी, राजेन्द्र तामाङ, किरण श्रेष्ठ, प्रल्हाद हिराचन र बिष्णु गुरुङ रहेका छन । उक्त एकेडेमीमा १० देखी १८ बर्ष उमेर समुहकाप्रशिक्षार्थीहरुलाई मात्रप्रशिक्षण दिईने एन्फा एकेडेमीका संयोजक ईश्वर गुरुङ (चन्द्र) ले बताए । उनकाअनुसार पहिलो दिन ३० भन्दा बढि प्रशिक्षार्थीहरु सहभागी थिए ।