सामसनको नटआउट ९२ रनमा बैंगलोरमाथि राजस्थानको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २ गते २०७५ मा प्रकाशित


एजेन्सी—राजस्थान रोयल्सले दोस्रो जित निकाल्ने क्रममा आईतबार राती रोयल च्यालेन्ज बैंगलोरलाई १९ रनले पराजित गरेको छ । प्रतियोगिताकै सर्वाधिक रन पछ्याएको बैंगलोर १९८ रनमा छ विकेट गुमाउँदा ओभर समाप्तीसँगै पराजित हुन पुग्यो ।

विराट कोहलीले अर्धशतकीय पारी खेल्दै जित तर्फ उन्मुख बनाउने अभियानमा लागेपनि उनलाई गोपालले आउट गरेपछि बैंगलोरको व्याटिङ कमजोर हुन पुग्यो । कोहलीले ५७ रन बनाउँदा ३० बल खेल्दै ७ चौका २ छक्का हिर्काए । म्याकुलम ४ रनमै पवेलियन फर्किएपछि डि ककले र कोहलीले उकास्ने प्रयत्न गरे ।

डि ककले २६ रन बनाउँदा सर्टको बलमा आउट भए । एबी डि भिलियर्स २० रन बनाई क्रिज छाडेपछि मन्दिप सिंहले ४७ रन बनाउँदै बैगलोरलाई जितसम्म डो¥याउने आशा गरिएको थियो । वासिङटन सुन्दरले ३५ रन बनाई आउट भए । एस गोपालले २ विकेट लिदाँ बेन स्टोक्स, सर्ट,के गोथामर बी लाग्लिनले एक एक विकेट लिएका थिए ।

एस भी सामसनको ९२ रनको नटआउट उत्कृष्ठ इनिङमा राजस्थानले चार विकेटको क्षतिमा २१७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । ए.एम राहनेले ३६ रन बनाई राम्रो शुरुवात गरे । तर पहिलो विकेटको रुपमा डि.जे एम सर्टलाई ११ रनमै गुमाएपछि सामसनले इनिङ सम्हाले ।

बी.ए स्टोक्सलाई पनि चाहालले २७ रनमा पवेलियनको बाटो देखाउँदा जे.सी बटलरलाई पनि २३ रनमै पवेलियको बाटो देखाए । इनिङ सम्हाल्ने अवसर भने आर ए त्रिपाठी र सामसनले गरे । त्रिपाठीले १४ रन नटआउट हिर्काए ।