मदन भण्डारी सुटिङ कास्की विभाग गठन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) -नेकपा एमालेको खेलकुद भातृ संगठन मदन भण्डारी स्पोर्टस एकेडेमी अन्तर्गत पोखराका कास्की सुटिङ गठन गरिएको छ । ईन्द्र गुरुङको अध्यक्षतामा बसेको भेलाले उनकै अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा रुमबहादुर गुरुङ, सचिवमा विजय भुजेल, सहसचिवमा प्रेम कुमार पाण्डे, कोषाध्यक्षमा गंगाबहादुर खत्री, सदस्यहरुमा ऋषिकेश शर्मा, सिंहबहादुर गुरुङ, सनिस गुरुङ, क्या. देउकाजी गुरुङ, विक्रमबहादुर थापा, श्याम लामा, धनराज ग्ुरुङ, मनिसा गुभाजु र शरुराज भण्डारी रहेका छन ।

कृष्णबहादुर गुरुङलाई प्रशिक्षकमा समावेश गरिएको छ । संस्थाको सल्लाहकारमा जयराम हमाल, रविन्द्र प्रजु, कृष्ण गुरुङ, इृन्द्र घले, विमल ब¥याल, विमलमान गुभाजु, कानुनी सल्लाहकार अधिवक्ता कृष्ण बहादुर थापा, प्रेस सल्लाहकारमा प्रभु अधिकारीलाई उक्त भेलाले चयन गरेको हो । कार्यसमिति गठन अघि मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले देशमा खेल पर्यटनको अथाहः सम्भावना भएको बताए । अध्यक्ष श्रेष्ठले नेपालमा पर्यटनसंगै र खेलकुद उतिकै सम्भावना रहेकोले खेलकुदको माध्यमबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्न सम्भव हुने बताए ।