आर्मी र हेमजा ११ बीको फराकिलो जितसँगै शुभकामना कपको क्र्वाटरफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—गार्डेन फुटबल क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै नेपाली सेनाको पश्चिम पृतना हेड क्र्वाटर हेमजामा आयोजित शुभकामना नकाउट फुटबल प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गर्दा आयोजक हेमजा ११ बीले पनि पश्चिमाञ्चल ट्रेनिङ सेन्टरमाथि इज्जतिलो नजिता निकाल्दै अन्तिम आठमा प्रवेश गरेको छ ।

पश्चिम पृतना हेर्ड क्र्वाटरले गार्डेनमाथि प्रतियोगिताकै सर्वाधिक गोल ५—० अन्तरले पराजित गर्दै उपाधि दावेदारिता प्रस्तुत गर्यो । सन्तोष गुरुङले २८ र ३२ औं मिनेटमा दुई गोल गर्दै म्यान अफ दि म्याचको हकदार बन्दा भुपेन्द्र रायमाझी २७ औं र ७९ औं मिनेटमा आफनो व्यक्तिगत नाममा दुई गोल नै रजिष्टर गरे । राजु आलेले २३ औं मिनेटमा एक गोल गर्दै आर्मीले गार्डेनमाथि सानदार जित निकाल्दै अन्तिम आठमा उपस्थिति गरायो ।

नयाँ युवा र भर्खरै प्रशिक्षणमा रहेको खेलाडीलाई मैदानमा उतारेको पश्चिमाञ्चल फुटबल टे«निङ सेन्टरले शुभकामना कप नकाउट फुटबल प्रतियोगितामा अनुभव लिने अवसरको रुपमा लिदैं फर्किएको छ । हेमजा ११ बीसँग ४—१ गोलले पराजित भएको टे«निङ सेन्टरको प्रतियोगिताको पहिलो अनुभव सँगाल्ने अवसरको रुपमा लिन पुग्यो । आशिष कुवँरले २४ र ३४ औं मिनेटमा दुई गर्दै घरेलु मैदानमा आफनो छविलाई प्रष्टयाउने प्रयास गरे । यद्यपी उनले भन्दा अघि सुमन सुनारले १२ औं मिनेटमा गोल गर्दै आयोजक टोलीलाई अग्रता दिलाए । अन्तिम गोल भने ६५ औं मिनेटमा अस्मित कुँवरले गरे । उनी खेलको म्यान अफ दि म्याचबाट पुरस्कृत भए । रोहित नेपालीले टे«निङ सेन्टरका लागि ६२ औं मिनेटमा गोल गरे । जुन गोल सान्त्वना बन्न पुग्यो । प्रतियोगितामा म्यान अफ दि म्याच घोषित खेलाडीद्वयले नगद १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।

हेमजा युनाईटेडको आयोजनामा नववर्षको अवसरमा आयोजित पाँचौ सस्करणको शुभकामना नकाउट फुटबल प्रतियोगिताको सोमबार स्याङजा युनाईटेड क्लबले संगम फुटबल क्लबसँग पहिलो खेल खेल्ने छ भने एलजी एशोसियनसनले नव आदर्श सामुदायिक विकास समाजसँग दोस्रो खेल खेल्ने छ । मंगलबारदेखि क्र्वाटरफाईनल खेल शुरु हुने छ ।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गौरीशंकर खेल मैदान (गैरी) मा आयोजित प्रतियोगिता विजेताले २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि, पदक र प्रमाण पत्र रहेको छ । प्रत्योगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईगर, उच्च गोलकर्ता खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए । सर्वोकृष्ट खेलाडीलाई सात हजार ट्रफी र अरुलाई पाँच÷पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ। त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफी प्राप्त गर्ने छ ।