साफ च्याम्पियन्ससिपमा नेपाल र आयोजक बंगलादेश एकै समूहमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ५ गते २०७५ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज)– बंगलादेशमा आउदो सेप्टेम्वरमा हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश एकै समूहमा परेका छन् । नेपाल र बंगलादेश सार्वजनिक गरिएको  ‘ड्र’ मा समूह एमा परेका हुन् । बंगलादेशको ढाकामा आज भएको सार्वजनिक नेपाल आयोजक बंगलादेशसँगै रहेको समूह ‘ए’ मा परेको हो ।

नेपाल रहेको समूहमा पाकिस्तान र भुटान पनि रहेका छन् । समुह ‘बी’ डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । च्याम्पियनपसिपमा दक्षिण एसियाका ७ टोलीको सहभागिता रहनेछ । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल चरण पार गरेको छैन । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरिएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो । प्रतियोगिता सेप्टेम्बर ४ मा सुरु हुनेछ ।