सलाह लिभरपुलमा सर्वाधिक गोलको किर्तिमान बनाउन कोशेढुंगा पार गर्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ६ गते २०७५ मा प्रकाशित


एजेन्सी—प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने सूचीमा मोहम्मद सलाह अगाडि छन् । उनले लिभरपुलको लागि किर्तिमान गोल गरेका छन् । क्लबको इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा इजिप्टियन सलाहले आफनो नाममा किर्तिमान लेखाएका छन् । उनले लिभरपुलको लागि ४० गोल गरिसकेका छन् । सलाहको गोल संख्या लिभरपुलको इतिहासमा सर्वाधिक गोल सबैभन्दा बढी हो ।

सन १९८३—८४ मा आईएन रसले बनाएको किर्तिमानीलाई सलाहले भंग गरेका हुन् । चार प्रिमियर लिग म्याच र च्याम्पियन्स लिगको दुई लेगमा यो सम्भव बनाएका हुन् । उनकै गोलबाट लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाईनल यात्रा तय गरेको थियो । सलाह सिजनको समाप्तसँगै नयाँ कोशे ढुंगा पार गर्ने लक्ष्यमा छन् । उनले क्लबको लागि आफनो महत्व झल्काईसकेका छन् । युरोपियन गोल्डेन बुटको हकदारमा समेत उनी अगाडि छन् ।

‘क्लबको एक नम्बर बन्न चाहन्छु । जुन मेरो लागि सबैभन्दा ठूलो अवसर हो ।’ उनले भने—‘म मेरो तर्फबाट किर्तिमान बनाउने लक्ष्यमा छु ।हामी ११ जना खेल्छौं । म मेरो टिमको लागि खेल्छु ।’ जित व्यक्तिगत अवार्ड होईन भन्दै उनले यदि मैले स्कोरको लागि अवसर सृजना गरिदिन्छु भने मलाई पनि टिमबाट त्यो अवसर प्राप्त हुने विश्वास रहेको बताए ।