रियललाई हारबाट रोनाल्डोले जोगाए

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ६ गते २०७५ मा प्रकाशित


एजेन्सी—खेल सकिन तीन मिनेट बाँकी छदाँ क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि रियल मड्रिड एथलेटिको बिल्वाओसँग सम्भावित हारबाट जोगिएको छ ।

खेलको १४ औं मिनेटमा गोल गर्दै एथलेटिको बिल्वाओले अग्रता लिएको थियो । इनाकी विलियम्सले १४ औं मिनेटमा गोल गर्दै बिल्वाओलाई अग्रता दिलाए । जित तर्फ उन्मुख हुदैं गएको बिल्वाओले ८७ औं मिनेटमा गोल खाएपछि एक—एक अंक बाड्न बाध्य बन्यो ।

रोनाल्डोले गोल गरेपछि हार टार्दै एक अंक क्लबको खातामा जोड्न पुगे । ३३ वर्षिय रोनाल्डोले क्लबको लागि आफनो प्रदर्शनलाई निरन्तरता दिदैं आएका छन् । उनको गोलले उनको प्रदर्शनलाई थप प्रष्टयाएको छ ।