आर्मीको चुनौति स्याङजाले पन्छाउँदा एलजी एशोसियसन सडन डेथको शिकार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाली सेनाको पश्चिम पृतना हेडक्र्वाटरलाई पराजित गर्दै पाहुना टोली स्याङजा युनाईटेड वालिङ शुभकामना कप नकाउट फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । आयोजक हेमजा ११ बीले भने एलजी एशोसियनलाई सडन डेथको शिकार बनाउँदै अन्तिम चारमा पक्का गर्यो ।

हेमजा युनाईटेडको आयोजनामा गौरीशंकर खेल मैदानमा बिहीबार वर्षाले प्रभावित बनाएको खेलमा उत्कृष्ठ कम ब्याक गर्दै हेमजा ११ बीले नजिता आफनो पक्षमा पार्न पेनाल्टी सुट हुदैं सडन डेथसम्म पु¥यायो । सडन डेथमा ६—५ गोलको नजिता निकाल्दै हेमजा ११ घरेलु मैदानमै नकाउट फुटबलको अन्तिम चारमा प्रवेश ग¥यो ।

अन्तिम सात मिनेट खेल सम्हालिन नसक्दा एलजी एशोसियन स्वीकार्न पुग्यो । तीन मिनेट भित्र दुई गोल खाएपछि एलजी सम्भावित जितबाट टाढिएको थियो । १७ औ मिनेटमा गोविन्द थापाले गोल गर्दै एलजी एशोसियसनले अग्रता लिएको थियो । २१ औं मिनेटमा सञ्जय बुढाथोकीले एलजीको लागि दोस्रो गोल गर्दै अन्तर बढाए । तर त्यो अन्तर दोस्रो हाफमा टुंगियो ।

घरेलु दर्शकको समर्थन रहेको हेमजा ११ बी का लागि अभिषेक कुँवरले ६० र ६३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको खेल २—२ गोलमा टुंगिएपछि अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि निर्णय पेनाल्टी सुटमा पुग्यो । एलजीले सिन्केमान तामाङलाई दोहोरो पहेलो(रातो) कार्डसँगै खेलबाट बाहिरिनु नै दुभागर््य हुन पुग्यो । उनी ४३ औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । सेमिफाईनलको यात्रामा लम्काउन महत्वपूर्ण भूमिका खेलेका हेमजा ११ बीका गोलकिपर प्रवेश सुनार म्यान अफ दि म्याच घोषित भए ।

स्याड्डजा वालिड्ड युनाईटेडले नेपाली सेनाको पश्चिम पृतना हेडक्र्वाटरको चुनौति पन्छाउन खासै कठिनाई भने भोग्नु परेन् । आर्मीको चुनौतिलाई गौरीशंकर खेल मैदानमा स्याङजाले ४–० ले पन्छाउँदै उपाधि यात्रा तर्फ अगाडि बढ्यो । स्याड्डजा वालिड्ड युनाईटेडको तर्फबाट विश्वास श्रेष्ठले दुई, विष्णु थापा र अजित मियाले एक÷एक गोल गरे । म्यान अफ दि म्याच सुरज हमालको पासमा खेलको १५ र ६४ मिनेटमा विश्वास श्रेष्ठले दुई गोल गरे। विष्णु थापाले ३४ र अजित मियाले ३८ मिनेटमा गोल गरेका थिए ।

शुक्रबार प्रतियोगिताको पहिलो सेमिफानल खेल हेमजा–११ ‘ए’ र स्याड्डजा वालिड्ड युनाईटेड बीच हुने छ । दोस्रो सेमिफाइनल खेल हेमजा–११ ‘वि’ र अमरसिंह व्वाईज क्लबबीच हुने हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए । प्रतियोगिता विजेताले २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि, पदक र प्रमाण पत्र रहेको छ ।

प्रत्योगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईगर, उच्च गोलकर्ता खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए । सर्वोकृष्ट खेलाडीलाई सात हजार ट्रफी र अरुलाई पाँच÷पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ। त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफी प्राप्त गर्ने छ ।