सिजनको अन्त्यसँगै आर्सनलसँगको २२ वर्षे यात्रा टुग्याउने सोचमा वेंगर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ७ गते २०७५ मा प्रकाशित


wenger

काठमाडौं (खेलाडी न्युज)आर्सनलका अर्सेन वेंगरको लागि प्रिमियर लिगको पछिल्लो दुई सिजन खराब लयबाट गुज्रियो । अघिल्लो वर्ष नै आर्सनलका समर्थकले वेंगर क्लब छाड्ने अनुमान गरिरहँदा एक वर्षे म्याद थप्दै सम्झौता लम्ब्याएका थिए । यो सिजन पनि आर्सनल शीर्ष चारभित्र रहदैं प्रिमियर लिग टुग्याउने सपना पुरा हुन सकेन् । त्यसले व्यवस्थापक अर्सेन वेंगरलाई क्लब छाड्नुपर्ने दबाव रह्यो । त्यही दबाव स्वरुप आफनो २२ वर्षे आर्सनल करियरलाई टुग्याउने योजनामा वेंगर रहेका छन् ।

उनले अन्तिम पटक दुई वर्षका लागि गरेको सम्झौताको एक वर्ष पूरा भएपछि आर्सनल छाड्ने निर्णय गरेका छन् । यो सिजन आर्सनल प्रिमियर लिगको छैठौं स्थानमा छ । आर्सनलको ३३ खेलमा ५४ अंक रहेको छ । पाँचौ स्थानको चेल्सीको ३४ खेलमा ६३ अंक र चौथो स्थानको टोटनहृयामको ३४ खेलमा ६८ अंक रहेको छ । अन्तिम चारमा समेत स्थान बनाउन नसकेका कारण वेंगरको आलोचना भइरहेको थियो ।

फ्रान्सका ६८ वर्षे वेंगरले आर्सनललाई तीन प्रिमियर लिग उपाधि, ७ एफए कप जिताएका छन् । उनको प्रशिक्षणमा आर्सनलले प्रिमियर लिगको ८२३ खेलमा ४७३ मा जित हासिल गरेको छ भने १५१ मा हार व्यहोरेको छ । ‘यत्रो सम्झनलायक वर्षसम्म म आर्सनलमा रहेर सेवा गर्न पाउँदा आभारी छु’ उनले भने, ‘मैले पूर्ण प्रतिबद्ध रहेर निष्ठासाथ क्लबमा काम गरेँ ।’