नेपाल पुलिस माईभ्याली गोल्डकपको क्र्वाटरफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ९ गते २०७५ मा प्रकाशित


इलाम(खेलाडी न्युज) नेपाल पुलिस क्लब माईभ्याली गोल्डकपको क्र्वाटरफाईनलमा प्रवेश गरेको छ । भारतको कोलकोत्ता दुर्गापुर स्टिललाई ३(१ गोलले पराजित गर्दै अन्तिम आठ पक्का गर्यो ।

खेल सकिन केही मिनेट बाँकी मात्रै रहँदा दुई गोलगरेपछि पुलिसले जित सुनिश्चित बनायो । इन्जुरी समयमा २ गोल गर्दै विभागिय टोली नेपाल पुलिस क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । पुलिसलाई जित दिलाउन रेजिन सुब्बा, सुमन लामा र रवि पासवानले गोल गरेका थिए । पाहुना गोलका लागि सैगुनले गोल गरे । पुलिसले वैशाख १३ गते क्वार्टरफाइनलमा अर्को ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ ।

१–१ को अवस्थापछिको इन्जुरी समयमा पुलिसले २ गोल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । इन्जुरी समयको पहिलो मिनेटमा सुमन र तेस्रो मिनेटमा रविले गोल गरेका थिए । त्यसअघि रेजिनको गोलबाट पुलिसले ३६ औं मिनेटमा अग्रता लिएको थियो ।

तर, सैगुनले ४७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा लगेका थिए । पुलिसका रेजिन सुब्बा खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ र चाँदीको पदक प्राप्त गरे । प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा सोमबार आयोजक माइभ्याली फुटबल क्लबले ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दको सामाना गर्नेछ ।