नेपालले सोझो सेटमा हरायो माल्दिभ्सलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करणमा आईतबार नेपालले माल्दिभ्सलाई सोझो सेटले पराजित गरेको छ । अघिल्लो खेल भने नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

मिरपुरस्थित इन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–२१, २५–१८ र २५–१५ ले सहजै हरायो । माल्दिभ्समाथिको सहज जितसँगै नेपालले च्याम्पियनसिपमा सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । अब सोमबार बंगलादेश र माल्दिभ्सबीचको खेलले नेपालको सेमिफाइनल नतिजा तय हुने छ ।

बंगलादेशसँग माल्दिभ्स पराजित भएमा नेपाल उपविजेता र बंगलादेश समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । मध्य एसियाका दोस्रो स्तरका टोलीहरुका लागि प्रत्येक बर्ष आयोजना हुदै आएको सेन्ट्रल जोन प्रतियोगिता नेपालका लागि महत्वपुर्ण प्रतियोगिता हो । यही प्रतियोगितामा नेपालले गतवर्ष कास्य जित्दै ४२ वर्षे भलिबल इतिहासमा ऐतिहासिक पदक हात पारेको थियो ।