म्यानचेष्टर युनाईटेड एफए कपको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ९ गते २०७५ मा प्रकाशित


एजेन्सी- प्रिमियर लिगको उपाधि दौडबाट बहिरिसकेको म्यानेचेष्टर युनाईटेडले टोटनह्याम हट्सपरलाई एफ ए कपको सेमिफाईनलमा २-१ गोलले पराजित फाईनल सुरक्षित गरेको छ ।

उत्कृष्ठ कमब्याक गर्दै युनाईटेडले हट्सपरलाई प्रिमियर लिगमा हारको बदला समेत लिएको छ । गत जनवरीमा हट्सपरसँग २-०ले पराजित भएको युनाईटेडले एफ ए कपमा पुनरागमन गर्दै जित आत्मसात गरेको हो ।

खेलको ११ औं) मिनेटमा टोटनह्याम हट्सपरले लिएको अग्रता २४ औं मिनेटमा बराबरी हुन पुग्यो । क्रिष्टियन एरिकसनले दिएको क्रसपासलाई डेले एलीले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । तर अग्रता लामो समय भने टिक्स सकेन ् । २४ औं मिनेटमा पाउल पोग्बाले दिएको पासमा एलेक्स सान्चेजले गोल गर्दै बराबरी गरे । खेलको ६२ औं मिनेटमा एन्ड्रे हेरेराले रोमेलु लुकाकुको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गर्दै फाईनल सुरक्षित बनाए । एफए कपको फाईनलमा युनाईटेडले चेल्सीसित प्रतिस्पर्धा गर्ने छ ।