चेल्सी एफएकपको फाईनलमा, युनाईटेडसँग उपाधिको लागि भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ९ गते २०७५ मा प्रकाशित


एजेन्सी- साउथह्यामटनलाई २-० गोलले पराजित गर्दै चेल्सी एफए कपको फाईनलमा प्रवेश गरेको छ । अब उपाधिको लागि चेल्सीले म्यानचेष्टर युनाईटेडसित मे १९ मा खेल्ने छ ।

चेल्सीले दुवै गोल दोस्रो हाफमा सम्भव बनायो । ओलिभर जिराउडको गोलमा ४६ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । दोस्रो गोल भने ८२ औं मिनेटमा अल्भारो मोराटाले हेडिंग गोल गरेका थिए ।

साउथ ह्यामटनले झण्डै १५ वर्षपछि सेमिफाईनल खेलेको थियो । सन २००३ मा एफए कपको सेमिफाईनल खेलेको साउथह्यमटनले फाईनल पुग्ने सम्भावनालाई चेल्सीले रोकिदियो ।