सलाहको प्रेरणादायी खेलमा लिभरपुलद्वारा एएस रोमाको फराकिलो हार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १२ गते २०७५ मा प्रकाशित


एजेन्सी—एनफिल्डमा लिभरपुलले एएस रोमालाई फराकिलो गोलले पराजित गर्दै च्याम्पियन्स लिगको फाईनल पुग्ने सम्भावनालाई बलियो बनाउँदा रोमा भने निकै कमजोर देखिएकोछ ।

बार्सिलोना विरुद्ध दोस्रो लेगमा उत्कृष्ठ पुनरागमन गरेको एएस रोमा भने इग्ल्याण्डमा आतित्थ्यता गरिरहँदा गोलको भारी लिभरपुलले बोकाईदिएको छ । खेल सकिन दशमिनेट बाँकी दुई गोल गर्दै गोल अन्तर केही कम गर्ने प्रयास भने रोमाले ग¥यो । च्याम्पियन्स लिगमा सबैभन्दा गोल अन्तर नै यो नै हो । यसअघि इटालियन क्लब एएस रोमा बार्सिलोनासँग क्र्वाटरफाईनलमा ४—१ गोल अन्तरले पराजित भएको थियो ।

सादियो मानेले दुई महत्वपूर्ण अवसरलाई गुमाएपछि चुकचुकाएका दर्शकलाई भने मोहम्मद सलाहले गोल गर्दै समर्थकको उत्साहलाई मर्न दिएनन् । उनले डिबक्स भित्रबाट हानेको लेफ्ट फुटेट सट ‘कर्भ’ हुदैं गएको बल क्रसबारमा लाग्दै पोष्टभित्र छिरेपछि लिभरपुलले अग्रता लिएको थियो । पुर्व क्लब विरुद्ध उनले ३५ औं मिनेटमा रोबर्ट फिरमिनोले दिएको व्याक टु ब्याक पासमा करियरकै उत्कृष्ठ लयमा देखिएका सलाहले सुन्दर ‘फिनिसिङ’ दिए ।

दोस्रो गोलपनि उनैको नाममा लेखियो । काउण्टर एट्याकमा दोस्रो गोल खाएपछि भ्रमणकारी टोली निराश बन्न पुग्यो । डिबक्सबाट क्लियर गरेको बल सिधै सेन्टरलाईन नजिकै रहेको फिरमिनेले कलेक्ट गर्र्दै टु भर्सेज टुको अवस्थामा मिलाईदिएको पासमा सलाहले ४५ औं मिनेटमा गोलकिपर अगाडि बढेको अवस्थामा हल्का फ्ल्कि गर्दै बललाई पोष्ट तर्फ पठाईदिएपछि लिभरपुल पहिलो हाफ अघि २—० गोलको अग्रता लिएको थियो । सलाहको त्यो यो सिजनको ४३ औं गोल थियो । बालन डि ओर तथा गोल्डेन बुटको हकदारको रुपमा आफुलाई उभ्याएका छन् ।

२८ औं मिनेटमा सादियो मानेले वान भर्सेज वानको अवस्थामा डिबक्सभित्रबाट हानेको बल क्रसबारभन्दा माथिबाट बाहिरिएपछि लिभरपुलले महत्वपूर्ण अवसर गुमायो । २९ औं मिनेटमा उनैले डिबक्सभित्र अनमार्क रहेको अवस्थामा पाएको पासलाई वान टच हिर्काए, त्यो पनि क्रसबार भन्दा धेरैमाथिबाट बाहिरिएपछि लिभरपुलका दर्शक चुकचुकाएका थिए । त्यसभन्दा अघि राज्दा नायङगोलाले हानेको लङरेन्ज बल लिभरपुलका गोलकिपरले पन्च गर्दा फुत्किएको बल क्रसबारमा लाग्दै रिबाउण्ड हुन पुग्यो ।

दुई पटक गोल गर्ने अवसरबाट बन्चित भएका सादियो मानेले भने ५६ औं मिनेटमा व्यक्तिगत गोलको खाता खोले । जेजान लोभरेनले दिएको पासमा मानेले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुलको अग्रतालाई फराकिलो बनाए । ६१ औं मिनेटमा दुई गोलको अवसर सृजना गरिदिएका फिरमिनोले गोल गर्दै लिभरपुलको खातामा गोल संख्या चार पु¥याए । उनले सलाहकै पासमा गोल गर्दै लिभरपुलको अग्रतालाई फराकिलो तर्फ उन्मुख बनाए । ६८ औं मिनेटमा फिरमिनेले नै व्यक्तिगत दोस्रो गोल गरे ।

उनले जेम्स मिल्नरले हानेको कर्नरलाई उत्कृष्ठ हेडिङ गर्दै गोल गरेपछि एएस रोमाका दशर्क निकै निराश देखिए । यद्यपी ८१ औं मिनेटमा एएस रोमाले ढिलो गरी गोल फर्कायो । राड्जा नाईङगोलानले दिएको क्रसपासमा जर्जिनिओ विज्नाल्डमले गोल गर्दै आशा जगाए । ८५ औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीलाई सदुपयोग गर्दै अवे खेलमा २ गोल फर्कायो । पेनाल्टी क्षेत्रमा जेम्स मिल्नरको ह्याण्ड भएपछि पाएको पेनाल्डीलाई डिएगोले गोल गर्दै दोस्रो लेगको लागि केही आशा भने जगाए ।