कार्कीद्वारा मोयाथाई खेलसामाग्री हस्तान्तरण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- मोयाथाई खेलाडी विवेक कार्कीले नेपाल मोयाथाईका केन्द्रीय प्रशिक्षक दिपकबहादुर गोदार र जिल्ला प्रशिक्षक धन पुनलाई खेल सामाग्री हस्तान्तरण गरेका छन् ।

लामो समय मोयाथाई प्रशिक्षण गरेका कार्कीले ४० हजार बराबरको किकप्याड, पन्चिङ प्याड, नि बेल्ट(घुडाँमा लगाउने) लगायतका खेल सामाग्री हस्तान्तरण गरेका हुन् । प्रकाश पुञ्जका सञ्चालक समेत रहेका कार्कीले हस्तान्तरण गर्दै मोयाथाईको विकास र विस्तारको लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

मोयाथाईमै केही महिना अघि मात्रै पोखरेली खेलाडी कुमार थापाले कोरियाको सिओलमा रजत पदक जितेका थिए ।  प्रशिक्षको रुपमा दिपकबहादुर गोदार समेत संलग्न थिए । ताजकिस्तानमा आयोजित विन्टर ओलिम्पिकमा मोयाथाई खेलाडी नवराज गुरुङले सहभागिता जनाएका थिए । भियतनाममा आमिन्त्रत मोयाथाई प्रतियोगितामा पोखरेली खेलाडी नारायण आचार्यले कास्य पदक जितेका थिए ।