दश खेलाडीमा सिमित एथलेटिकोले आर्सनललाई बराबरीमा रोक्यो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १४ गते २०७५ मा प्रकाशित


एजेन्सी—८० मिनेट दशजनाम सिमित बन्दै कमब्याक गरेको एथलेटिको मड्रिडले आर्सनलसँग १—१ को बराबरी खेलेको छ । युईएफए युरोपा लिगको सेमिफाईनलको पहिलो लेग एथलेटिकोले आर्सनललाई बराबरीमा रोक्दै दोस्रो लेगलाई सम्भावनाको रुपमा हेरेको छ ।

खेलको १० मिनेटमै साईमे भर्सल्ज्कोलाई गुमाएको एथलेटिकोले खेलमा एक गोलले पछि परेको अवस्थामा पुनरागमन ग¥यो । पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । एलेक्सजेण्डर लाकाजेट्टीले ६१ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

निकै दबावमा रहेपनि गोल रोकिरहेको एथलेटिकोले बराबरी गोल भने ८२ औं मिनेटमा गर्दै दश खेलाडीमा सिमितको तनावरुलाई मुक्त बनायो । एन्टोनी ग्रिजम्यानले गोल गरेपछि एथलेटिको मड्रिड खेलमा फर्कियो । अब दोस्रो लेगमा दुबैले फाईनल प्रवेशको लागि उत्कृष्ठ प्रदर्शन गर्ने सम्भावना छ ।