पोखरामा दक्षिण एशियाली योग खेलकुद

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरामा दक्षिण एशियालीस्तरीय योग खेलकुद प्रतियोगिता हुदैै छ । नेपाल योग खेलकुद संघको आयोजनामा बैशाख २१, २२, र २३ गते दोस्रो सस्करणको प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा हुने प्रतियोगिता ७ मुलुकका करिब ३ सय महिला तथा पुरुष खेलाडीको सहभागिता रहने छ । संघका महासचिब चुडामणि खरेलले प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारतबाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तानबाट ६, पाकिस्तानबाट ४, बंगालादेशबाट ४ जना खेलाडी नेपाल आउने जानकारी दिए ।

नेपालका विभिन्न उमेर सुमहबाट कुल १ सय १० जना खेलाडी मेडलका लागि प्रतिष्पर्धा गर्ने छन भने नेपालका तर्फ बाट २० जना अफिसियल रहने छन । प्रतियोगितामा उमेर समुहरु मध्ये अण्डर ११, ३६ देखि ४९, ५० वर्षदेखि माथि पुरुष र महिला गरी ६ स्वर्ण, त्यसैगरि १२ देखि १७ वर्ष र १८ देखि ३५ वर्षको पुरुष र महिला खेलाडीहरु बिच छुट्टा–छुट्टै इन्डिभिजुल र टिममा ८ स्वर्ण गरि कुल १४ वटा स्वर्ण रजत र कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।

समुहबाट उत्कृष्ट पुरुषलाई साउथ एशिया योग र महिलालाई साउथ एशिया योगिनी गरी थप दुइ जनालाई २ स्वर्ण सहित सम्मान गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्र सहित नगद पुरुस्कारहरु प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न कुल ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

महासचिब खरेलका अनुसार मलेसियाले समेत योग खेलकुद बारे जानकारी लिन र आफ्ना खेलाडी पठाउने भएको छ । उनका अनुसार मलेसिया बाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आउने छन । यसै गरि पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइलैण्ड बाट समेत १२ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु नेपाल आउने भएका छन ।

पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले यो पोखराको मेगा इभेन्ट भएको बताए । नेपालको यो मौलिक योग संस्कृतीलाई जोगाउन खेलकुदले अहम भूमिका निर्वाह गर्ने तर्फ इंगित गर्दै अब खेलकुद पूर्वाधार बिकासमा ध्यान दिनु पर्ने खाँचो भएको बताए । कायक्रममा संघका केन्द्रिय सदस्य लक्ष्मण योगी, जिल्लाका अध्यक्ष प्रकाश बानिया लगाएतले प्रतियोगिताबारे जानकारी गराएका थिए । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने छन ।