लिभरपुल च्याम्पियन्स लिगको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २० गते २०७५ मा प्रकाशित


एजेन्सी-अवे खेलमा दुई गोल गर्दै लिभरपुलले अन्तत च्याम्पियन्स लिगको फाईनल सुरक्षित बनाएको छ । रोमाको घरेलु मैदानमा ४-२ गोल अन्तरले पराजित भएपनि च्याम्पियन्स लिगको छैटौं उपाधिको खोजीमा रहेको लिभरपुलले समग्रमा ७-६ को नजितासँगै फाईनल प्रवेश गरेको हो । अब उपाधिको लागि लिभरपुलले रियल म्याड्रिडसँग खेल्ने छ ।

पहिलो लेगमा ५(२ को अग्रता लिएको लिभरपुलदोस्रो लेगमा ४-२ ले पराजित भएपनि फाइनलमा स्थान पक्का गरेको हो। लिभरपुलले छैटौं उपाधिको होडमा रहदाँ रियल भने किर्तिमानी १३ औ उपाधि लेखाउने अभियानमा छ ।

यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो।फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल युकारेनको राजधानी किभमा २६ मेमा हुँदैछ।

पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुलले खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा अग्रता लियो। रोबर्टो फर्मिनोको पासमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

घरेलु टोलीले १५ औं मिनेटमा जेम्स मिल्नरको आत्मघाती गोलमा बराबरी गर्यो। लिभरपुलका डिफेन्डर डेजान लोभ्रेनले क्लियर गर्ने क्रममा बल मिल्नरलाई लाग्दै गोल भएको थियो। लिभरपुललाई जोर्जिनियो वाईनाल्डमले क्लबका लागी पहिलो अवे गोल गर्दै पुनः अग्रता दिलाए। हेडरमा गोल गर्दै उनले २६ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए।

घरेलु टोली रोमाले दोस्रो हाफमा पनि पोजेसन राख्दै गोल गर्ने थुप्रै प्रयास गर्यो। ५२ औं मिनेटमा इडेन जेकोले गोल गर्दै खेल बराबरीमा पुर्याए। त्यस्तै ८७ औं मिनेट र अतिरिक्त समयमा नाइगोलानले पेनाल्टीमा गोल गर्दै रोमाको पुनरागमनको आशा जोगाएपनि त्यो पर्याप्त रहेन। राग्नर क्लाभानले डि बक्समा ह्यान्ड गरेपछि रोमाले पेनाल्टी पाएको थियो।

च्याम्पियन्स लिग लिभरपुलले पाँच पटक उचालेको छ । रियलले भने १२ पटक उचालिसकेको छ । दुवैमा उत्कृष्ठ खेलाडीका समिश्रण छ । वार्यन म्युनिखलाई पराजित गर्दा करिमा बेन्जेमाको लोभलाग्दो प्रदर्शन देखियो । लिभरपुलले पनि सादियो माने र मोहम्मद सलाहको उत्कृष्ठ कम्बिनेसन देख्न पाईन छ ।