योगको फाईनल शनिबार, उत्कृष्ठ योग र योगिनी छानिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २२ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाल योग खेलकुद संघको आयोजनामा “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” आज समापन हुदैै छ । १४ वटा स्वर्णको लागि फाईनल भईसकेको छ । तर नतिजा भने मध्यरातमा मात्रै निस्कने नेपाल योग खेलकुद संघका महासचिव चुडामणी खरेलले बताए । उनले १४ जना विजेताबाट उत्कृष्ठ साउथ एशियन योग र योगिनी घोषणा गरिने जानकारी दिए ।

‘१४ जना विजेता बीचमा अन्तिम प्रतिस्पर्धा गराई योग र योगिनी घोषित गर्ने छौं ’ उनले भने—‘त्यसको फाईनल आईतबार(आज) हुने छ ।’ उनका अनुसार शनिबार उमेर समुहरु मध्ये ११ वर्ष मुनी, ३६ देखि ४९, ५० वर्षदेखि माथि पुरुष र महिलाहरुले प्रतिष्पर्धा गरेका थिए । अन्तिम प्रतिस्पर्धा आज आईतबार हुने छ । त्यसैको आधारमा विजेता घोषणा गरिने छ ।

६ वटा स्वर्ण पदकको लागि विभिन्न उमेर समूहका योग खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । १२ देखि १७ वर्ष र १८ देखि ३५ वर्षको पुरुष र महिला खेलाडीहरु बीच छुट्टा–छुट्टै व्यक्तिगत प्रतिस्पर्धा गराइएको छ । त्यसै टिम तर्फ भने आठ स्वर्णको लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन् । साउथ एशियन च्याम्पियनसिपसँगै आगामी वर्ष माउण्ट एभरेष्ट ओपन योग च्याम्पियनसिप गर्ने लक्ष्य तर्फ अग्रसर हुने उनको भनाई थियो । प्रतियोगितामा साउथ एशियनसँगै स्लोभानिया, आयरल्याण्ड, मेलसिया तथा जर्मनीबाट समेत सहभागिता जनाएका छन् ।

प्रतियोगितामा ५ मुलुकका करिब २ सय ७५ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारतबाट ९० जना खेलाडी र १० जना अफिसियल पोखरा आएका छन् । अफगानिस्तान बाट ६, पाकिस्तानबाट ४, बंगालादेशबाट ४ जना खेलाडी नेपाल आएका छन । नेपालका विभिन्न उमेर सुमह बाट कुल १ सय २५ जना खेलाडीले पदकको लागि प्रतिस्पर्धा गरेका थिए ।

पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइलैण्ड बाट समेत १२ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु छन । प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सवको कार्यक्रम अन्र्तगत स्लोभानिया, मलेसिया र आयरलैण्ड लगाएतका अन्य सहभागी मुलुकका विभिन्न उमेर समुहका खेलाडीहरुले १५ वटा पदकका लागि प्रतिष्पर्धा गरेको उनले बताए । फाईनल रिपोर्ट आउन ढिलो हुने भन्दै आईतबार मात्रै समापनमा घोषणा गरिने जानकारी दिए । दक्षिण एशिया बाहेक केही अन्य विदेशी मुलुकहरु महोत्सवमा सहभागी भए पनि माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सवलाई आगामी वर्ष व्यवस्थित बनाउँदै ३५ मुलुकलाई सहभागिता गराउने समेत बनाउने बताए ।