योगका अधिकांश पदक भारतीय खेलाडीको भागमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-अधिकांश पदक भारतीय खेलाडीले आफनो पोल्टामा पार्दै पोखरामा आयोजित साउथ एशियन योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” समापन भएको छ । भारतले १४ मध्ये १० स्वर्ण पदक जित्यो । नेपालले ४ स्वर्ण पदक जित्यो । बंगलादेश र पाकिस्तानले भने कास्य पदकमा चिक्त बुझाउँदै अनुभव लिने अवसरको रुपमा लिदैं विदाई भएका छन् ।

भारतका पुष्पेन्द्र मञ्डल मिष्टर योगी घोषित भए । भारतकी शुहेना पुरकेत मिस योगिनी घोषित भइन । उनीहरुले पनि स्वर्ण पदक गलामा झण्ड्याए । भारतले १० स्वर्ण, ५ रजत, ४ कास्य पदक जित्यो । पाकिस्तान र बंगालादेशले क्रमश १–१ पदक बाँडे ।

बिजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशबकुमार विष्ट, अन्तर्राष्ट्रिय योग खेलकुद महासंघका उपाध्यक्ष उमंग द्वान, नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्य बहादुर कार्की, महासचिव चुडामणी खरेल, कास्की जिल्ला योग खेलकुद संघका अध्यक्ष प्रकाश बानिया लगाएतले मेडल, प्रमाणपत्र र नगद प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टलाई अन्तर्राष्ट्रिय योग खेलकुद महासंघको संरक्षक घोषणा गरिएको थियो ।

सदस्य सचिब विष्टले पोखरामा योग खेलकुदको केन्द्र स्थापन गर्ने बताए । उनले फेवातालको किनारमा योग ध्यान केन्द्र स्थापन गर्ने हो भने यसले विश्वलाई ध्यान आर्किष्ट गर्न सहयोग पुग्ने बताए । उनले यसका लागि छिट्टै नै नयाँ योजनाका साथ काम गर्ने बताउँदै नेपालको योग खेलकु्दलाई पुनः एक पटक माथी उठाउन सहयोगी हुने धारणा राखे ।
संघका महासचिब खरेलले प्रतियोगितामा ५ मुलुकका करिब २ सय ७५ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको थियो ।

उनका अनुसार प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारतबाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तानबाट ६, पाकिस्तानबाट ४, बंगालादेशबाट ४ जना खेलाडी नेपाल आएका थिए ।
महासचिब खरेलका अनुसार मलेसियाले समेत योग खेलकुदबारे जानकारी लिन खेलाडी आएका थिए भने मलेसियाबाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आएका थिए । पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइल्याण्डबाट समेत ८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु सहभागि थिए ।