१० औं राष्ट्रपति रनिङ शिल्ड, रिलेको स्वर्ण त्रिवेणी र गौरीशंकरलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-विद्यालयस्तरीय दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेस्रो दिन एथलेटिक्स तर्फको रिलेमा त्रिवेणी माविले स्वर्ण पदक जितेको छ । ४ सय मिटरको छात्र रिले दौडमा कास्की मोर्डनाइज्ड र फिसटेल एकेडेमी क्रमश दोश्रो र तेश्रो भए । छात्रा तर्फ भने गौरीशंकर मावी प्रथम, कास्की मोर्डनाइज्ड दोश्रो र फिस्टेल एकेडेमी तेश्रोहुदैं कास्य पदक जित्यो ।
१० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आइतबारमा एथलेटिक्स तर्फको छात्रा हाइ जम्पमा कास्की मोर्डनाइज्डकी इशा गुरुङले स्वर्ण पदक जित्न सफल भईन् । उनले १.१८ मिटर उफ्रिदै स्वर्ण नाममा लेखाउन सफल भएकी हुन् । कास्कीकै सगुन गुरुङले रजत र बेथानी बोर्डिङकी रोशनी भुजेलले कास्य पदत जित्न सफल भईन् ।
छात्र हाइ जम्प तर्फको प्रतिस्पर्धामा चिल्डे«न एकेडेमीका सुदिप जोशी १.६३ मिटर उफ्रिदै स्वर्ण पदकको हकदार बने । त्रिवेणीका सचिन गुरुङ १.६० मिटर उफ्रिएर रजत र र बेशलाइनका दिपेन माश्के १.५० मिटर उफ्रिएर कास्य पदक जित्न सफल भए ।
कब्बडीको छात्रा तर्फ गौरी शंकर मावी फाइनलमा प्रवेश ग¥यो । छात्र तर्फ गौरी शंकर, कास्की मोर्डनाइज्ड, महेन्द्र मावी र हिल पोइन्ट सेमी फाइनलमा प्रवेश गरेका छन । छात्र भलिवलमा आइतबारसम्म निर्वाचन क्षेत्रस्तरिय छनौट जारी रहेको निर्णायक डिबी नेपालीले जानकारी दिएका छन । निर्वाचन क्षेत्र बाट छात्रा भलिवलमा छोरेपाटन मावी, टप्स मावी, चिल्ड्रेन मावी, कास्की मोर्डनाइज्ड, निश्पक्ष मावी, जनप्रिय मावी र सृजना मावी छनोट भएका छन । छात्रा तर्फका खेलहरु जारी रहेका छन ।
मार्शल आटर््स तर्फ तेक्वान्दोका खेलहरु भईरहेका छन् । ४४ केजी तौल समुह मुनी छात्रा तर्फ शुक्रराज मावीकी अन्जना परियार प्रथम, शहिद स्मृतीकी अन्जान परियार दोश्रो र सोही विद्यालयकी जुना घर्ती तेश्रो भइन । ४२ केजी तौल समुह मुनी शहिद स्मृतीकी अनिता कुमाल प्रथम र नविन मावीकी शरिता वयलकोटी दोश्रो भइन ।
कास्की जिल्ला तेक्वान्दो संघले आयोजना गरेको सिनियर तथा जुनियर रनिङ शिल्डमा ५१ केजी तौल समुहमा यशोदा तेक्वान्दो डोजाङका डेनिश काकी प्रथम भए भने फिसटेल डोजाङ स्कुलका राजन शिलवाल दोश्रो र अमरसिंहका नविन चालिसे तथा शुक्रराज वलभद्रका भिम श्रेष्ठ तेश्रो भए । यता ६३ केजी तौल समुहमा माउन्टेन डोजाङका प्रकाश गुरुङ प्रथम, सगरमाथाका शुमन थापा दोश्रो र पोखरा डोजाङका झलकबहादुर गुरुङ तथा शुक्रराज बलभद्रका सचिन लामगादे तेश्रो भए ।