माछापुच्छ«ेमाथि अरण्यज्योतिको रोमाञ्चक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-७ ओभर, ५ मेडन २ रन ५ विकेट । राजु गुरुङले करियरकै उत्कृष्ठ बलिङ गरे । तर खेल भने जिताउन उनले सकेनन् । अरण्यज्योतिले ६५ रनको झिनो स्कोर पछ्याईरहँदा राजुले उत्कृष्ठ बलिङ गरे । आफनै क्लब माछापुच्छ«े क्रिकेट क्लबलाई जिताउनबाट उनी चुके । अन्तत दुई विकेटको हार व्यहोर्दै माछापच्छ«े क्रिकेट क्लब कास्की जिल्ला क्रिकेट लिगको तेस्रो स्थानमा यथावत छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन, पोखरा राईनोजको सह प्रायोजनमा पोखरा रंगशालामा भईरहेको क्लबस्तरीय क्रिकेट लिगको तेस्रो खेलमा अरण्यज्योतिले पहिलो जित निकाल्दै लिगको दोस्रो स्थानमा छ । दुई खेल खेलिसकेको माछापुच्छ«े क्रिकेट क्लब भने एक जित र एक हारसँगै लिगको तेस्रो स्थानमा छ ।

टस जितेर फष्ट इनिङ व्याटिङ गरेको माछापुच्छ«े क्रिकेट क्लबलाई सस्तैमा समेट्न अब्दुल खालिदले महत्वपूर्ण भूमिका खेले । उनले महत्वपूर्ण ३ विकेट लिएपछि माछापुच्छ«ेलाई १९ ओभर ४ बलमा केवल ६४ रनमा अलआउट हुन पुग्यो । दिपेश खत्री १२ रनमा खेलिरहँदा खालिदको बलमा सन्तोष न्यौपानको हातबाट क्याच हुदैं पेभिलियन फर्किए । माछापुच्छ«ेका क्रिकेट क्लबका लागि दोहोरो अंकको रन भने महेश रेग्मीको व्याटबाट पनि १२ रन मात्रै निस्कियो । बलिङ तर्फ सन्तोष न्यौपानेले केवल दुई रन मात्रै खर्चिएर ३ विकेट लिए ।

अरण्यज्योतिले ६५ रनको लक्ष्य पुरा गर्न २९ ओभर ४ बल खेल्नु पर्यो । राजु गुरुङले घातक बलिङ गर्दै एकपछि अर्को गर्दै महत्वपूर्ण विकेट लिएपछि धरासायी बन्दै गएको अरण्यज्योतिलाई जित दिलाउन भने हरि चैहान र कमल थापाले सम्हालिएर व्याटिङ गरे । चौहानले १५ र थापाले १२ रन हान्दै विजयी आधार तयार पार्दा रिकेश गुप्ताको बलमा प्रज्वल दाहाल ले बाउण्ड्री हिर्काउँदै जित दिलाए । खेल ३५ ओभरको खेलाईएको थियो ।

अरण्यज्योतिले आठ विकेट गुमाईसकेको अवस्थामा निकै सकस हुदैं गएको खेलमा उनले गुप्ताको तेस्रो ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै दुई विकेटको जित निकाले । माछापुच्छ«ेका महत्वपूर्ण तीन विकेट झारेका अरण्यज्योतिका अब्दुल खालिद पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । उनलाई कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले ट्रफी प्रदान गरे । बुधबार सांग्रिला क्रिकेट क्लब र पोखरा क्रिकेट क्लब बीच हुने छ । राउण्ड रोविनको आधारमा खेलाईएको प्रतियोगितामा शीर्ष अंकका दुई टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।