गौरीशंकर दशौं राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-एथलेटिक्समा एकलौटी कब्जा गर्दै गौरीशंकर मावि हेमजाले दोस्रो पटक राष्ट्रपति रनिङसिल्ड उचालेको छ । गौरी शंकरले ८ स्वर्ण ७ रजत र एक कास्य जित्दै दशौं सस्करणको राष्ट्रपति रनिङसिल्ड च्याम्पियन बन्यो । गौरी शंकरले एथलेटिक्समा ८ स्वर्ण र एक कास्य तथा कबड्डीमा दुई रजत पदक जितेको छ ।

गौरी शंकरका विवेक अधिकारीले एथलेटिक्समा एक्लैले पाँच स्वर्ण पदक जिते । जुन अहिलेसम्मकै सर्वाधिक स्वर्ण समेत हो । उनले रिलेमा दुई स्वण जिते । ४ गुणा ४ सय र ४ गुणा १ सय रिलेको इभेण्टमा स्वर्ण पदक जित्दा थप तीन स्वर्ण भने उनले व्यक्तिगत प्रतिस्पर्धामा जिते । ४ सय र ८ सय मिटरमा स्वर्ण पदक भिरेका उनले त्रिपल जम्पमा पनि व्यक्तिगत स्वर्ण पदक जित्दै विद्यालयलाई राष्ट्रपति रनिङसिल्ड च्याम्पियन बनाए ।

त्यसैगरी टप्स बोर्डिङ स्कुलले गत वर्षको च्याम्पियन टप्स मावीले ५ स्वर्ण, २ रजत र ७ काश्यमा चित्त बुझउँदै दोश्रो स्थान हासिल गरेको छ । टप्सले उसुमा ४ स्वर्ण १ रजत, १ कास्य जित्यो । एथलेटिक्समा १ रजत र ६ कास्य पदक जितेको टप्सले छात्रा भलिबलमा भने स्वर्ण जित्दै दोस्रो स्थानमा रहदैं यो वर्षको राष्ट्रपति रनिङ सिल्ड टुंग्यायो । । टप्स माबी २०७०, २०७१ र २०७३ को च्याम्पियन रहेको थियो ।

टप्स भन्दा एक रजत पदक कम जित्दै तेस्रो स्थानमा भने त्रिवेणी बोर्डिङ आइपुग्यो । त्रिवेणीले ५ स्वर्ण, १ रजत र ६ कास्य पदक जितेको छ । त्रिवेणीले एथलेटिक्स तर्फ ५ स्वर्ण, १ रजत र ६ काश्य तथा कब्बडीमा १ रजत प्राप्त गरेको छ । राष्ट्रपति रनिङ सिल्डमा छात्रा तर्फ भने शान्तिदिपकी कबड्डी खेलाडी बुद्धिमाया मगर बेष्ट प्लेयर घोषित भईन् । जिल्ला खेलकुद बिकास समिती कास्कीले उनीहरुलाई जनही नगद १० हजार छात्रवृती स्वरुप प्रदान गरेको छ ।
मंगलबार भलिबल प्रशिक्षण केन्द्रमा भएको छात्र भलिबलमा छोरेपाटन माविले ईन्द्रराज्यलक्ष्मी माविलाई ३—१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्यो । उता छात्रा तर्फ भने टप्स बोर्डिङ स्कुलले जनप्रिय माविलाई ३—०को सोझो सेटले पराजित गर्दै स्वर्ण पदक आफनो पोल्टामा पारेको थियो ।

मार्शल आर्ट अन्तर्गत सितेरियो कराँते तर्फ शुभकामना बोर्डिङले ४ स्वर्ण पदक जित्दै च्याम्पियन बन्यो । सैनिक आवासिय विद्यालयले २ स्वर्ण, महेन्द्र मावि र बालमन्दिर बोर्डिङले एक एक स्वर्ण बाँडेका सितेरियो कराँते संघ कास्कीका अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

बैशाख २१ गते देखि जारी निर्वाचन र जिल्लास्तरिय बिजेता विद्यालय र खेलाडीलाई पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समिती कास्कीका अध्यक्ष याम गुरुङ, राखेप कर्मचारी प्रतिष्ठानका अधिकृतहरु लेखनाथ कट्टेल, पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, पश्मिाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीका सदस्य देवेन्द्र क्षेत्री, जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, कोषाध्यक्ष दिपक गोदार, जिल्ला खेलकुद बिकास समितीका सदस्य विष्णु माया गुरुङ, सदस्य झलक पोख्रेल, भलिबल संघका केन्द्रिय सचिब डिवी नेपाली लगाएतले ट्रफी, पदक प्रमाणपत्र र नगद वितरण गरेका थिए । विजेता विद्यालय गौरीशंकरले नगद १५ हजार, टप्स बोर्डिङले १२ र त्रिवेणी एकेडेमीले ९ हजार नगद पुरस्कार थापे । गौरीशंकरले सामुदायिक विद्यालयले पाउने प्रोत्साहन स्वरुप ३५ हजार रुपैयाँ थप प्राप्त ग¥यो ।