पोखरामा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता’ , मिक्स डबल्स र गल्र्स डबल्सको उपाधि काठमाडौंलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा बिहीबारदेखि शुरु भएको ‘दोश्रो आमन्त्रित राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता २०७५’ को मिक्स डबल्सको उपाधि काडमाडौंले जितेको छ । फाईनलमा ललितपुरलाई प्रतिस्पर्धात्मक ३—२ सेटमा पराजित गर्दै उपाधि रक्षा ग¥यो ।

काठमाडौंका मारिया थापामगर र आवास चौलागाँईको जोडीले संयोग कपाली र वियंका राईलाई पराजित गर्न निकै मेहनत गरे । पहिलो सेट ११—७ मा लिएको काठमाडौंले दोस्रो सेट ९—११ को गुमाउन पुग्यो । तेस्रो सेट ११—९ कै स्थितिमा लिदैं अग्रता बनाए । तर चौथो सेट फेरी ९—११ मै गुमाउँदा खेल निर्णायक सेटमा पुग्यो । अन्तिम सेट पनि ९—९ बराबरीको अवस्थामा पुग्दै रोमाञ्चक बन्यो । अन्तत ११—९ ले जित्दै काठमाडौंले उपाधि पक्का गर्न सफल भयो ।

भक्तपुरले भने तेस्रो स्थानमा चिक्त बुझायो । भक्तपुरका मन्जु सुवाल र रोशन खाइटु तथा अन्जु सुवाल र सविन सादको जोडीले तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुग्याए । यसैगरी काठमाडौंले गल्र्स डबल्सको उपाधि समेत कब्जा गरेको छ । भक्तपुरका अन्जु सुवाल र मन्जु सुवालको जोडीलाई ११—८, ११—९, ९—११ र ११—८ को सेटले पराजित गर्दै काठमाडौंका सुष्मिता खड्का र सोनु थापाको जोडीले उपाधि जित्न सफल भए । तेस्रो स्थानमा भने कास्की र रुपन्देहीले चिक्त बुझाए । कास्कीका सुजाता पौडेल र पार्वती श्रेष्ठको जोडी तथा रुपन्देहीका विनिता राना र प्रतिमा खरेलको जोडीले कास्य पदकमा चिक्त बुझाए ।

ब्वाईज डबल्सको उपाधि भने ललितपुरको पोल्टामा परेको छ । निकै रोमाञ्चक एवं प्रतिस्पर्धात्मक खेलमा सोझो सेटमा सुनसरीलाई पराजित गर्दै उपाधि जितेको हो । ललितपुरका संयोग कपाली र अभिषेक खड्काको जोडीले सुनसरीका गणेश तामाङ र प्रतिक थापाको जोडीलाई १७—१५, १६—१४ र ११—७ को सेटले पराजित गर्दै उपाधिमा नाम लेखाएका हुन् । रुपन्देहीका गोविन्द कौसल र प्रतिक रानाको जोडी तथा काडमाडौंका अंकित डगी र आवास चौलागाईको जोडीले तेस्रो स्थानमा चिक्त बुझाएका छन् ।

प्रतियोगिताको महिला एकल र पुरुष एकलका पहिलो चरणका खेलहरु खेलाईएको छ । फाईनल भने आज शुक्रबार गरिने छ । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा सञ्चालित आमन्त्रित टेबुल टेनिस प्रतियोगितामा ८ जिल्लाका जुनियर तथा सिनियर महिला २५ पुरुष २२ गरि ४७ जना खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिता बेष्ट अफ फाईभमा खेलाईएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा पूर्वाधार बिकासमा गति दिन चाहेको बताए । उनले टेबुल टेनिस खेलको पूर्वाधारमा जति बिकास हुनु पर्ने हो त्यो हुन नसकेको भन्दै उनले थपे–“१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा टेबुल टेनिसबाट समेत पदकको आशा लिएका छौं ।” पोखरामा टेबुल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा व्याडमिन्टन कोर्टको निर्माण सम्पन्न भएपछि हालको व्याडमिन्टन कोर्ट लाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने अध्यक्ष पौडेलले बताए । उद्घाटन कार्यक्रममा कास्की जिल्ला टेबुल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।