चौथो माछापुच्छे« प्रदेशस्तरीय बडिविल्डिङ च्याम्पियनसिप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्की बडिविल्डिङ तथा फिटनेस संघको आयोजनामा चौथो माछापुच्छ«े प्रदेशस्तरीय शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ । संघले आगामी साउन २५ र २६ गते पोखराको सभागृह हलमा प्रतिस्पर्धा हुने छ । संघले यसअघि पश्चिमाञ्चलस्तरीय प्रतिस्पर्धा गर्दै आएको थियो । यसै वर्षदेखि भने प्रदेशस्तरीय गर्ने संघका सचिव उमेश सिकेले जानाकारी दिए । उनका अनुसार चौथो मिष्टर माछापुच्छ«ेसँगै पहिलो पटक महिला फिजिक फिटनेस प्रतियोगितामा समेत समावेश गरिएको छ ।

प्रदेशीस्तरीय प्रतिस्पर्धामा दुई प्रदेश (प्रदेश नं ४ र ५ ) का जिल्लाहरुबाट १ सय भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने उनले बताए । ५५, ६०, ६५, ७०,७५ र ७५ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गराईने छ । ती तौलसमूहबाट प्रथम हुनेले ओभरअलमा प्रतिस्पर्धा गर्न पाउने छन् । ओभर विजेताले मिष्टर माछापुच्छ«ेको टाईटलसहित नगद ५० हजार सहित ट्रफी तथा पदक पाउने छन् । उपविजेताहरुले क्रमश २०, १५, १२,१० र ८ हजार नगद पुरस्कार थाप्ने छन् ।
छ तौल समूहका दोस्रो र तेस्रो हुने खेलाडीले पनि नगद ६ र ४ हजार रुपैयाँ पाउने छन् ।

महिला तर्फको प्रतिस्पर्धीलाई नगद प्रथमलाई नगद १० हजार, दोस्रोलाई ८ हजार र तेस्रो हुनेलाई नगद ५ हजारसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने संघका सचिव सिकेले जानकारी दिए । महिला तर्फ ४० जनाले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको लागि ६ लाख ९२ हजार खर्च हुने अनुमान गरिएको छ । पोखरामा झण्डै १८ वटा जिम सेन्टर छन् । ती जिम सेन्टरमा विभिन्न उमेर समूहका युवाहरु फिटनेसको लागि जाने गरेका छन् ।