एकेडेमीको जितले क्रिकेट लिग रोमाञ्चक बन्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-अरण्यज्योति क्रिकेट क्लबलाई सस्तैमा समेट्दै पाँच विकेटको जित निकालेको पोखरा क्रिकेट एकेडेमीले सबैलाई चक्मा दिएको छ । सिनियर एवं अनुभवी खेलाडी सामु भर्खरै एकेडेमीबाट क्रिकेट शुरु गरेको कलिला जमातले महत्वपूर्ण २ अंक जोड्दै उपाधि प्रतिस्पर्धालाई खुला बनाईदिएका छन् ।

एकेडेमीको जितमा अरण्यज्योतिका बलर निकै महंगा बनिदिए । बलरले २९.३ बलमा ३५ रन अतिरिक्त मात्रै दिए । वाईडमा चौका पाउँदै रन जोडिएको थियो । एकेडेमीको खातामा ४० रन देखिदाँ व्याटबाट केवल ९ रन मात्रै बनेको थियो । त्यतिबेलासम्म एकेडेमीले विना विकेटको क्षतिमा क्रिजमा ओपनरले सम्हालिरहेका थिए । तर मुख्य अम्पायर दिलिप अग्रहरीले इनिङ ब्रेक गरे । एकेडेमीका व्याट्सम्यानले हरेक बलरको बललाई डिफेन्स गर्दै रोकेर डट खेल्दा बलर दबावमा परेका थिए ।

ओपनर धिरज थापाले ६७ बल खेले । उनले केलल २ रन मात्रै जोडे । अर्का ओपनर साहिल कुँवरले ४४ बल खेल्दै ७ रन जोड् । बाँकी रन अतिरिक्त थपिदिदाँ खातामा ४० रन पुग्यो । ९३ रनको लक्ष्य पछ्याएको एकेडेमीको जितमा अतिरिक्त रन महत्वपूर्ण बन्यो । यद्यपी छैटौं नम्बरमा गएका मुष्कान थापाले ३१ बल खेल्दै २९ रनको नटआउट इनिङ खेल्दै एकेडेमीलाई जित दिलाए । सन्नी क्षत्रीको छैटौं ओभरको तेस्रो बल कभरमा चौका हान्दै जित निकालेपछि अरण्यज्योतिका खेलाडी फाईनल पुग्ने सपनालाई केही धक्का पु¥याए । उनले आफनो इनिङमा सर्वाधिक ६ चौका हिर्काए । उनलाई सथा दिए प्रेम गुरुङले । गुरुङले १५ बल खेल्दै ११ रन बनाई क्रिजमा नटआउट रहे ।

४० रनमा बनिसक्दा कुनै विकेट नगुमाएको एकेडेमीले इनिङ ब्रेकपछि शुरुभएको सेसनमा भने धमाधम विकेट गुमाउन पुग्यो । कप्तान विधान श्रेष्ठ र सन्तोष न्यौपानले विकेट लिएपछि एकेडेमी भने धर्मराउन थाल्यो । ४२ रन जोडिदाँ पहिलो विकेट गुमाएको एकेडेमीले ५६ रन बनाउँदा पाँच विकेट गुमाईसकेको थियो । ४६ रनमा रहँदा तीन विकेट गुमाएपछि निकै दबाव खेल्न पुगेको एकेडेमीलाई भने मुष्कान थापाले सम्हाल्दै जितसम्म डो¥याए । अरण्यज्योतिका सन्तोष न्यौपानेले ३ विकेट लिए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सह प्रायोजनमा पोखरा रंगशालामा जारी क्लबस्तरीय राउण्डरोविन क्रिकेट लिगको शुक्रबार टस जित्दै व्याटिङ गरेको अरण्यज्योतिले ९२ रनमा समेटिदैं २४.४ ओभरमा अलआउट हुन पुग्यो । हरि चौहानले ३८ र सन्तोष न्यौपानेको खातामा २५ रन मात्रै दोहोरो अंकको रन देखियो । अन्य व्याट्सम्यानलाई सस्तैमा पेभिलियन तर्फ पठाईदिए ।

१५ रन जोड्ने क्रममा अरण्यज्योतिले दुई महत्वपूर्ण विकेट गुमायो । ४५—३ को स्थितिमा खेल्यो । चौथो विकेट ५७ रन जोड्दा खस्यो । ७७ रनमा पाँचौ, ८२ रनमा छैटौं, ८५ रनमा सातौं ८८ रनमा आठौं र ९२ रनमा नवौ र दशौं विकेट गुमाउँदै अरण्यज्योति अलआउट भई इनिङ टुग्यायो । ६.४ ओभर बलिङ गर्दै ३० रन दिएर ५ विकेट लिएका रोशनकान्त न्यौपानले पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । उनलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले ट्रफी हस्तान्तरण गरे । प्रेम गुरुङ र ऋषिकेश शर्माले पनि दुई दुई विकेट लिए ।

लिगको दोस्रो चरणका खेलहरुको समीकरण पुरा हुदाँ पाँचै क्लबले समान २—२ अंक जोडेका छन् । फाईनल प्रवेशको लागि सबै क्लबले अबको खेल जित्नै पर्ने दबाव छ । नेट रनरेटको आधारमा सांग्रिला क्रिकेट क्लब लिगको शीर्षस्थानमा यथावत छ । शनिबार सांग्रिला क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग लिग चरण अन्तर्गतको तेस्रो खेल खेल्ने छ ।