वडा २३ लाई मेयरकप भलिबलको उपाधी 

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-वडास्तरीय मेयरकप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं २३ चापाकोट भदौरेले जितेको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाईनलमा नम्बर २१ लाई २५–१३, २६–२४ र २५–२१ को सोझो सेटमा पराजित गर्दै पहिलो पटक आयोजित प्रतियोगिताको उपाधि नाममा लेखायो । वडा नम्बर १८ लाई ३–१ सेटमा पराजित गर्दै वडा नम्बर ३३ ले तेश्रो स्थान हाँसिल ग¥यो ।

कास्की जिल्ला भलिबल संघ र पोखरा लेखनाथ महानगरपालिकाद्वारा पोखरामा आयोजित मेयरकप भलिबल प्रतियोगिताको उपाधिसँगै वडा नम्बर २३ ले नगद १ लाख सहित मेयर कप, पदक, प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा दोश्रो स्थान हाँसिल गरेको वडा नम्बर २१ ले नगद ५० हजार सहित कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । तेश्रो स्थान हाँसिल गरेको वडा नम्बर ३३ ले नगद २५ हजार सहित कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो ।

प्रतियोगितामा वडा नम्बर २३ का सुन्दर भण्डारी उत्कृष्ट स्पाइकरका साथमा सर्वोत्कृट खेलाडी घोषित भए । त्यस्तै वडा नं २३ कै सन्तोष घिमिरे उत्कृष्ट ब्लकर, सोही वडाका अर्जुन घिमिरे उत्कृष्ट सेटर, वडा नं २१ का सन्तोष कार्की उत्कृष्ट सर्भर तथा सोही वडाका विक्रम भुजेल उत्कृष्ट क्वीकर घोषित हुदैं पुरस्कार थापे । विजयी खेलाडीहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ्गले नगद तथा पुरस्कार वितरण गरिन् । पुरस्कार वितरण गर्दै उपमेयर गुरुङ्गले स्वास्थ्य र सभ्य समाज निर्माणका लागि खेलकुदको महत्व हुने बताइन् । उनले भलिबलको उदाहरण प्रस्तुत गर्दै जनप्रतिनिधीहरुले पनि यस्तै एकता कायम गर्न सके सफलता हाँसिल गर्नेमा जोड दिइन् ।

महानगरका खेलकुद कार्यक्रम संयोजक रबिन्सन प्रजुले मेयर कपलाई वार्षिक क्यालेण्डरमा राखिने जनाए । कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले प्रतियोगिताको निरन्तरताका लागि रनिङ्ग शिल्डका रुपमा खेलाइनुपर्नेमा जोड दिए । समितिका सदस्य टंक पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैबिच, भलिबल खेलको विकास र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै पोलेमनपाका कानुन अधिकृत नारायण शर्मा, जिल्ला खेलुकद विकास समिति कास्कीका कोषाध्यक्ष दिपकबहादुर गोदार र कार्यालय प्रमुख प्रकाश बराललाई सम्मान गरिएको थियो । पूर्व राष्ट्रिय खेलाडीद्वय सोम गुरुङ्ग र गमबहादुर गुरुङ्ग उत्कृष्ट क्वीकर विक्रम भुजेलको खेलबाट प्रभावित भएर व्यक्तिगत रुपमा नगद सहित पुरस्कृत गरेको सचिव कुमार गुरुङ्गले जानकारी दिए । बरालले २०६७ सालदेखि कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले पोखराको खेलकुद र खेलाडीको प्रवद्र्धनको लागि विशेष सहयोगी भूमिका खेल्दै आएका छन् । खेलाडीहरुमा उनी निकै लोकप्रिय कार्यालय प्रमुख समेत हुन् । कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि आर्थिक पारदर्शिता, चुस्त प्रशासन बनाउँदै आएका छन् । तस्बिर मनशान्त घिमिरे