सांग्रिलामाथि माछापुच्छ«े क्रिकेट क्लबको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-माछापुच्छ«े क्रिकेट क्लबले दोस्रो जित निकाल्दै ओम डेभलपमेन्ट बैंक कास्की क्रिकेट लिगको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा दोस्रो जित निकाल्ने क्रममा सांग्रिला क्रिकेट क्लबलाई २० रनले पराजित गर्दै चार अंक जोड्दै लिगको शीर्षस्थानमा उक्लियो । शीर्षस्थानसँगै फाईनल खेल्ने सम्भावनालाई भने बलियो बनाएको छ ।

टस जितेर व्याटिङ रोज्र्दै क्रिजमा छिरेको माछापुच्छ«े क्रिकेट क्लबले २५ ओभर पुरै खेल्ने क्रममा सवै विकेट गुमाई १५१ रन बनायो । ओपनिङ गरेका कप्तान दिपेश खत्रीले १६ बलमा २३ हिर्काउँदै गतिलो शुरुवात गर्न खोजे । उनले अनुभवी खेलाडी शिव सुवेदीको बलिङमा चार चौका हिर्काए । खत्रीले एक छक्का समेत ठोक्दै सांग्रिलामाथि दबाव सृजना गरे ।

पाँचौ नम्बरमा गएका अमृत गुरुङले ४२ बलमा ४० रन बनाउँदै माछापुच्छ«ेको इनिङलाई अझ प्रभावशाली बनाए । उनले दुई चौका र दुई छक्का हान्दै ४० रन जोड्दै पेभिलियन फर्किदाँ क्लब सम्मानजनक स्कोर तर्फ अग्रसर देखिएको थियो । दिपेश खत्री आउट भएपछि क्रिज छिरेका महेश रेग्मीले पनि २२ बलमा २४ रनको योगदान दिए । उनको इनिङमा चार चौका लेखियो । बलिङ तर्फ सुदिप पौडेलले ५ ओभरमा २९ रन दिदैं ३ विकेट लिए । जोय शर्माले पनि ५ ओभरमा ३५ रन खर्चिएर ३ विकेट नै लिए ।

१५२ रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाउन सक्यो । कप्तान विपिन खत्रीले ३० रन बनाए । ओपनर विराट दवाडीले २० रन बनाई बोल्ड भएपछि अन्य व्याट्सम्यान सस्तैमा समेटिए । अतिरिक्त रन पनि व्याटबाट निस्किएको बराबर ३० रन पाए । तर पनि जितको सम्भावनाबाट भने सांग्रिला निकै टाढा रह्यो । माछापुच्छ«ेका कप्तान दिपेश खत्रीले ३ र कृष्ण बास्तोलाले ३ विकेट लिए । खेलमा दिपेश खत्री पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । उनलाई क्रिकेट क्षेत्र नं ८, का सदस्य ऋषिराम गौतमले ट्रफी प्रदान गरे ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन, पोखरा राईनोजको सह प्रायोजन एवं पोखरा लेखनाथ महागरपालिकाको संरक्षकत्वमा आयोजित राउण्ड रोविन कास्की जिल्ला क्रिकेट लिगको आईतबार पोखरा क्रिकेट क्लबले पोखरा क्रिकेट एकेडेमीसित प्रतिस्पर्धा गर्ने छ । लिगबाटै कास्की जिल्लाको क्रिकेट टिम छनोट गरिने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।