पिसिसी र पिसिए बीचको खेल स्थगित, सांग्रिला र अरण्यज्योतिलाई जित्नै पर्ने दबाव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-विहानै परेको मुसलधारे पानीले आईतबार कास्की जिल्ला राउण्ड रोविन क्रिकेट लिग अन्तर्गतको खेल स्थागित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा क्रिकेट पीच र आउट फिल्डमा पानी जमेपछि पोखरा क्रिकेट क्लब र पोखरा क्रिकेट एकेडेमी बीचको प्रतिस्पर्धा रोकिएको हो । खेल स्थगित भएसँगै दुवै टिमले १—१ अंक बाँडेका छन् ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन एवं पोखरा राईनोजको सहप्रायोजनमा सञ्चालित क्लबस्तरीय ओम डेभलपमेन्ट बैंक के.सि.एलमा माछापुच्छ«े क्रिकेट क्लब लिगको शीर्षस्थानमा छ । तीन खेल मध्ये दुई जित र एक हारसँगै चार अंक जोडेको माछापुच्छ«े शीर्षस्थानमा रहँदा पोखरा क्रिकेट क्लब एक जित एक हार र एक बराबरीले ३ अंकसहित दोस्रो स्थानमा छ । पोखरा क्रिकेट एकेडेमी पनि एक जित, एक हार र एक बराबरीको नजितासँगै समान ३ अंकमा रहेपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

लिगको चौथो स्थानमा सांग्रिला क्रिकेट क्लब र पाँचौ स्थानमा अरण्यज्योति क्रिकेट क्लब रहेको छ । सोमबार अरण्यज्योति क्रिकेट क्लब र साग्रिला क्रिकेट क्लब बीच खेल हुने छ । दुवैको लागि उक्त खेल निकै महत्वपूर्ण छ । दुवैले जितको लागि खेल्नपर्ने छ । हारले लिगबाट बाहिरिने छ । जितले फाईनल खेल्ने सम्भावनालाई भने जिवितै राख्ने छ । पानी परेको अवस्थामा खेल स्थगित हुन पुगे दुबैलाई घाटा हुने छ । यद्यपी अंका बाड्दा पोखरा क्रिकेट क्लब र पोखरा क्रिकेट एकेडेमीसँग समान ३ अंकमा रहने छन् । अन्तिम खेलले फाईनलको टुंगो लाग्ने छ ।

प्रतियोगितामा पोखरा क्रिकेट क्लबका बलर विजय राउत सर्वाधिक विकेट लिनेका सूचीमा अगाडि छन् । उनले दुई खेलमा ९ विकेट लिएका छन् । पोखरा क्रिकेट एकेडेमीका रोशनकान्त न्यौपानेले ८ विकेट लिएका छन् । सांग्रिला क्रिकेट क्लबका शिव सुवेदीले पनि आठ विकेट लिदैं उत्कृष्ठ बलर बन्ने अभियानमा छन् । सांग्रिला क्रिकेट क्लबका बलर मेघबहादुर सेनले ६ विकेट लिएका छन् । माछापुच्छ«े क्रिकेट क्लबका राजु गुरुङ ५ विकेट लिएका छन् । उत्कृष्ठ व्याट्सम्यानको दौडमा माछापुच्छ«े क्रिकेट क्लबका व्याट्सम्यान अमृत गुरुङ सर्वाधिक रन बनाउने सूचीमा छन् । उनले दुई खेलमा ८७ रन बनाईसकेका छन् । उनी पछि स्राग्रिलाका सुदिप पौडेल छन् । उनले ७८ रन हिर्काएका छन् ।