लिभरपुल चौथो स्थानमा, सलाह प्लयेर अफ सिजन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३० गते २०७५ मा प्रकाशित


एजेन्सी—इग्लिस प्रिमियरको यो वर्षको सिजन टुंगिएको छ । अन्तिम खेलमा लिभरपुलले ब्रिङटन एण्ड होभ अलवियोनलाई ४—० गोलले पराजित गर्दै लिगको चौथो स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अवसर जुरायो । चेल्सी पराजित भएपछि चौथो स्थानको लागि लिभरपुललाई सहज भएको थियो ।

मोहम्मद सलाहको गोलबाट अग्रता लिएको लिभरपुलले एन्ड्रयु रोबर्टसनको गोलबाट खेल टुग्याएको थियो । सलाहले २६ औं मिनेट गोल गरे । जेडन लोर्भनले ४० औं मिनेटमा गोल गर्दा डोमिनिच सलान्केले ५३ र रोबर्टसनले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुले चौथोस्थानमा समेटिदैं सिजन टुग्यायो । लिभरपुलले च्याम्पियन्स लिगको उपाधिको रियल मड्रिडसँग खेल्ने छ ।

लिभरपुलका सलाह इग्लिस प्रिमियर लिगको गोल्डेन बुट प्राप्त गरे । ३५ खेलमा ३१ गोल गरेको सलाह प्रिमियर लिग प्लेयर अफ दि सिजन घोषित हुदैं गोल्डेन बुटको हकदार बने । उनको पछि टोटनह्यामका ह्यारी केन थिए । उनले युनाईटेडका डेभिड डि जिया, टोटनह्यामका ह्यारी केन, बर्नलेका जेम्स टार्कोस्की, म्यानचेष्टर सिटीका केभिन डी ब्रुने र रहिम स्ट्रलिङलाई पछाडि पारे ।

माईकल ओवेन र लुईस स्वारेजपछि लिभरपुलबाट गोल्डेन बुट पाउने लिभरपुरका तेस्रो खेलाडी बनेका छन् । स्वारेज लिभरपुलबाट बार्सिलोना ट्रान्सफर भएपछि लिभरपुलका खेलाडीले गोल्डेन बुटको हकदार बन्ने सकेका थिएनन् । २५ वर्षिय इजिप्टीयन खेलाडी सलाहले पुरस्कार थाप्दै भने—म अत्यन्तै रेसपेक्ट गर्छु जर्गन क्लोप(म्यानेजर)प्रति । हामी यो वर्ष क्लबलाई स्पेशल केही गर्न सक्छौं भन्ने विश्वासमा छौ।’