प्याराग्लाईडिङ्गमा नेपाललाई कास्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १८ गते २०७५ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज) मित्र राष्ट चीनको हेनान राष्ट्रको लिनझाउमा भएको २०१८ चाईना लिनझाउ प्याराग्लाईडिङ्ग प्रि बिश्व कपमा नेपाललाई कास्य पदक प्राप्त भएको नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले बताएका छन् ।

यहि मे २६ देखि ३१ तारिख सम्म भएको प्रतियोगिताको भएको फाईनलमा व्यक्तिगत क्रसकन्ट्री तर्फ नेपालका बिशाल थापाले उच्च प्रदर्शनका साथ नेपालका लागि कास्य पदक दिलाएका थिए । प्रतियोगितामा आयोजक चीन प्रथम र रशिया दोश्रो भएको थियो ।

एशियाली खेलमा पनि समावेश भएको प्याराग्लाईडिङ्ग खेलबाट नेपालले पदक आशा गरिरहेकोमा यो नेपालीहरुको लागि निकैनै खुशीको कुरा भएको र यसले थप हौशला प्रदान गरको बिशाल मथापाले बताए । प्रतियोगितामा बिश्वका १९ राष्टको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालबाट ७ खेलाडीहरुको सहभागिता रहेको थियो ।