इटालीविरुद्ध फ्रान्सको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १९ गते २०७५ मा प्रकाशित


एजेन्सी-विश्वकप नजिकिै जादाँ मैत्रीपूर्ण खेलहरु भईरहेका छन् । मैत्रीपूर्ण खेलमा इटालीलाई फ्रान्सले पराजित गरेको छ । जितले आत्मविश्वास जगाएको छ ।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता गर्‍यो । एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेपछि फ्रान्सले २–१ को अग्रता लिएको थियो ।

३६ औं मिनेटमा इटालीले गोल फर्कायो । इटालीका लागि लियोनार्दो बोनुचीले गोल गरेका थिए । पहिलो हाफमा एक गोल फर्काउन सफल भए पनि इटालीले ६३ औं मिनेटमा अर्को गोल खान पुग्यो । फ्रान्सका लागि ओस्माने डेम्बेलेले गोल गरेका थिए ।