फ्रान्सेली जितमा पोग्बा नायक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २ गते २०७५ मा प्रकाशित


एजन्ेसी-उपाधिका दावेदारीको रुपमा हेरिएको फ्रान्सले एशियाली देश अष्ट्रेलियामाथि २–१ ले पराजित गर्दै तीन अंक जोडेको छ ।

एन्टिनो ग्रिजम्यानले पेनाल्टीबाट लिएको अग्रतालाई पेनाल्टीबाटै अष्ट्रेलियाले बराबरी गोल गरेको थियो ।
पहिलो हाफ गोलरहित टुग्याएको अष्ट्रेलियाले ५८ औं मिनेटमा पेनाल्टीको सामना गर्न पुग्यो । ग्रिजम्यानले गोल गर्दै दिलाएको अग्रतालाई ६२ औ मिनेटमा बराबरी गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए ।

माईल जेडिनकले पेनाल्टीमा गोल गर्दै बराबरी गरेपछि खेल अंक बाड्निे सम्भावना तर्फ उन्मुख गएको थियो । तर फ्रान्सेली प्लेमेकर पाउल पोग्बाले ८० औं मिनेटमा गोल गरेपछि स्पष्ट जित निकाल्दै अंक तालिकामा ३ अंक देखियो । ओलिभर जिराउडको पासमा पोग्बाले निर्णायक गोल गरेका थिए ।