मेसी पेनाल्टीमा चुके, १–१ गोलसँगै अर्जेन्टिनाले आईसल्याण्डसँग अंक बाड्यो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २ गते २०७५ मा प्रकाशित


एजेन्सी-एक पेनाल्टी, तीन फ्रिकिक । अर्जेन्टिनाका लेजेण्ड लियोनेल मेसीले हाने । तर सबै कमजोर प्रहारमा परिणत भयो । दोस्रो हाफमा पाएको पेनाल्टीलाई मेसीले आईसल्याण्डका गोलकिपरले डाईभिङ पन्च गर्दै बचाउ गरेपछि अर्जेन्टिनाले आईसल्याण्डमाथि सुनिश्चित जितबाट निकै टाटा पुग्यो ।

८० प्रतिशत बल होल्ड गरेको अर्जेन्टिनाको एकपछि अर्को प्रहारलाई आईसल्याण्डका खेलाडी पुरै डिफेन्सीभ खेल्दै निराश बनाउँदै अर्जेन्टिनासँग अंक खोस्यो । अग्रता लिएको चार मिनेटमै बराबरी गोल गरेपछि आईसल्याण्डले अर्जेन्टिना सितको विश्वकपमा पहिलो भेट अविस्मरणीय बनाएको छ । सर्जियो अगुईरोले लेफ्ट फुटेट किक फष्टबार हुदैं जाली चुमेपछि १९ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो ।

जाभियर मासेरानोको पासमा डिबक्सभित्रबाट अगुईरोले गोल गरेका थिए । तर चार मिनेटमै आईसल्याण्डले बराबरी गोल फर्काउँदै अर्जेन्टिनामाथि दबाव राख्दै बलियो चुनौति तेर्सायो । २३ औं मिनेटमा अल्फेड फिनाबोगासनले गोल गर्दै बराबरीमा ल्याए । बलमाथिको नियन्त्रण पूर्ण रुपमा अर्जेन्टिनाले राख्यो । विश्वकपमै निकै कठिन रुपमा छनोट पार गरेको अर्जेन्टिनाले पहिलो हाफसम्म आईसल्याण्डको डिफेन्स तोड्न निकै मेहनत गरिरहेको छ । यद्यपी पहिलो हाफ टुंगिदाँ दुवैले एक एक गोलको बराबरी खेले।

दोस्रो हाफ अर्जेन्टिनाले एकपछि अर्को गोलको मुभ बनाएपनि आईसल्याण्डका डिफेन्सले विफल पार्न व्यस्त बनिरहे । काउण्टर एट्याक गर्दै अर्जेन्टिनालाई पनि केही क्षण आईसल्याण्डले तनाव नै बनायो । दोस्रो हाफ गोलरहित खेल्दै आईसल्याण्डले अर्जेन्टिनासँग अंक बाड्दै विश्वकप अविस्मरणीय बनायो अर्जेन्टिनाले ४–२–३–१ र आईसल्याण्डले ४–४–१–१ को रणनीतिमा खेलिरहेको छ ।