जर्मनी पराजित, विश्वकपबाटै बाहिरिने खतरा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ४ गते २०७५ मा प्रकाशित


एजेन्सी-जर्मनी मेक्सिकोसित पराजित भएपछि विश्वकपको यात्राबाट बाहिरिने खतरा बढेको छ । साविक विजेता जर्मनी उच्च मनोबलसहित भिडेको मेक्सिकोसँग १-० गोलले पराजित हुन पुग्यो । पराजयसँगै जर्मनीले दोस्रो चरण प्रवेशको लागि स्वीडेन र दक्षिण कोरियालाई जित्नै पर्ने दबाव बढेको छ । अंक विहीनको अवस्थाले जर्मनीलाई कठिनाई बढेको छ ।
सन २००२ मा पनि विश्वकप विजेता फ्रान्स सेनेगलसँग पहिलो खेलमा पराजित हुदैं बाहिरिएको थियो । त्यस्तै घटना दोहोरिने सम्भावना हुने कि भन्ने सम्भावना बढ्दै गएको छ ।

३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लेजानोको गोलमा मेक्सिकोले अग्रता लिएको थियो । जर्मनीले दोस्रो हाफमा निकै दबाव बनाएपछि गोलको राम्रो मुभ भने बन्न सकेन् । टोनी क्रसको प्रहारलाई मेक्सिकन गोलकिपर बचाउ गरे । जर्मनीमाथि मेक्सिकोले पनि काउण्टर एट्याकको गर्दै गोल गर्ने अवसर जुराउँदै आएपनि सम्भव भने भएन् ।

पहिलो हाफमै दुई प्रहारलाई जर्मनी गोलकिपर नोयुरले बचाए । दोस्रो हाफमा पनि उस्तै गरी दबाव बनाउँदै जर्मनीलाई केही समेत हत्तु कटायो ।