ब्राजिलसँग स्वीटजरल्याण्डको बहादुरी, १-१ गोलको बराबरीमा अंक बाडियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ४ गते २०७५ मा प्रकाशित


एजेन्सी-उपाधिको दाबेदारिताको व्याख्या गरिदैंको आएको ब्राजिल विश्वकपको पहिलो नजिता बराबरीबाट यात्रा शुरु गरेको छ । बराबरीसगँ अंक बाड्ेको ब्राजिललाई पनि चौतर्फी दबाव सृजना हुन पुग्यो ।

ब्राजिललाई स्वीटजरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दै उत्कृष्ट प्रदर्शन देखाई बहादुरी देखायो ।
नेयार प्रेरित ब्राजिलले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँनै सकेन् । फिलिप काउटिन्होको गोलबाट अग्रता लिएपछि ब्राजिलले अन्तत स्वीटजरल्याण्डसँग अंक बाड्न बाध्य भयो ।

२० औं मिनेटमा पेनाल्टी बक्सबाहिरबाट हानेको बल सिधै पोष्टभित्र छिरेपछि ब्राजिलले अपेक्षाकृत प्रदर्शन गर्ने आशा दर्शकले गरेका थिए ।तर खेलको ५० औ मिनेटमा स्टेभन जुबेरले कर्नरबाट आएको बललाई हेडिङ गर्दै गोलपछि ब्राजिल जिल्लिन पुग्यो ।

अर्जेन्टिनाका मेस्सीलाई आईसल्याण्डका रक्षकले घेरेर प्रहारको मौका नदिए झैं स्वीटजरल्याण्डका खेलाडीले पनि नेयमारलाई प्रभावशाली प्रदर्शन गर्नबाट रोकेका थिए । समूह ई अन्तर्गत सर्वियाले कोष्टरिकालाई १-०ले पराजित गर्दै तीन अंक जोडेको छ ।