कोरिया पेनाल्टीको शिकार, स्वीडेनको जितसँगै विश्वकपको यात्रा शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ४ गते २०७५ मा प्रकाशित


goal

एजेन्सी-पेनाल्टीमा निर्णायक गोल गर्दै स्वीडेनले एशियन पावरहाउस दक्षिण कोरियालाई १-०ले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेको छ ।

पहिलो हाफ गोलरहित टुगिएको कोरियाले ६५ औ मिनेटमा पेनाल्टीको शिकार हुदैं विश्वकपको यात्रालाई पहिलो खेल सुखद बनाउन सकेन् । किम मिन उले पेनाल्टी बक्समा फउल गरेपछि पेनाल्टीको अवसर स्वीडेनले पाएको थियो । भिडियो एसिस्टेण्ट रेफ्रीको सहयोगमा भिक्टोर क्लाईसनलाई फउल गरेको प्रष्टिएपछि पेनाल्टीको अवसर पाएको थियो ।

पेनाल्टीलाई आन्द्रेस ग्रान्क्भिष्टले गोल गर्दै कोरियामाथि दबाव दिए । रेफ्रीले पेनाल्टीको संकेत नगरेपनि स्वीडेनका खेलाडीले भिएआरको सहयोगमा पेनाल्टीको अवसर पाएका थिए । pic by agency