अमेरिक गल्फर ब्रुक्सलाई यु एस ओपन गल्फको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ४ गते २०७५ मा प्रकाशित


एजेन्सी-बेलायती गल्फर टोमी फ्ल्टिउडलाई एक स्ट्रोकले पछि पार्र्दे अमेरिकन गल्फर ब्रुक्स कोएप्का यु एस ओपन गल्फ च्याम्पियन बनेका छन् ।

पार ७० को चौथो दिन अमेरिकन गल्फर ब्रुक्सले एक ओभर २८१ को कार्ड बनाउँदै उपाधि उचाले । बेलायती गल्फर टोमी भने एक स्ट्रोकले पछि पदैै उपविजेतामा चिक्त बुझाए । उनले चौथो दिन दुई ओभर २८२ को कार्डमा रहदै दोस्रो स्थानमा चिक्त बुझाए ।

अर्का अमेरिकन गल्फर डष्टिन जोन्सन तीन ओभर २८३को कार्ड बनाउँदै तेस्रो स्थानमा रहे । प्याट्रिक रिड भने चौथो स्थानमा रहेर युएस ओपन टुग्याए । उनले चार ओभर २८४ को स्कोर खेले । अमेरिकन गल्फर टोनी फिनाउ पाँच ओभर २८५ मा रहे ।

छैटौं स्थानमा अमेरिकन गल्फर जाण्डेर स्चाउफेले, बेलायीत गल्फर टाईरेल हटन, स्वीडेनका हेनरिक स्ेटशन र अमेरिक अर्का गल्फर डानियल बर्जर समान छ ओभर २८६ को कार्ड बनाएका छन् । टाईगर उड भने युएस ओपनको कटमा परेका छन् ।