केनले दिलाए इग्ल्याण्डलाई ट्युनिसिया विरुद्ध तीन अंक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ५ गते २०७५ मा प्रकाशित


एजेन्सी-सधै उपाधिको दावेदारी रहदै आएको विश्वकपमा निकै अभागी देशको रुपमा परिचय बनाएको इग्ल्याण्डले विश्वकप यात्रा विजयी शुरुवातबाट गरेको छ । क्लब टोटनह्याम हट्सपरबाट व्यवसायिक फुटबल खेल्दै आएका ह्यारी केनले इग्ल्याण्डको इज्जत देखाउदाँ ट्युनिसियामाथि २–१ गोलको नजिता निकाल्यो ।

ह्यारी केनले ११ औं मिनेटमा गोल गर्दै इग्ल्याण्डलाई अग्रता दिलाए । तर पहिलो हाफ अघि नै ट्युनिसियाले बराबरी गोल गर्दै इग्ल्याण्डलाई दबावमा राख्यो । ३५ औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै फेरजानी सासीले ट्युनिसियाको लागि बराबरी गोल फर्काए । निर्धारित समय सकिनै लाग्दा ह्यारी केनले ९० प्लस १ मिनेटमा अर्को गोल थप्दै इग्ल्याण्डलाई जितको दिशामा डोर्याए ।

उनले इग्ल्याण्डलाई स्पष्ट तीन अंक जोड्दै विश्वकपको यात्रा सुखद समेत बनाए । एकपछि अर्को गोलको अवसर सृजना गरेपनि इग्ल्याण्ड सफल हुन सकेको थिएन् । ११ औं मिनेटमा ह्यारीले गोल गर्नु अघि नै उस्तै आक्रमण गर्यो । त्यसपछि ३९ औ मिनेटमा गोलको लागि बुनेको रणनीति पनि अफसल भयो । ४४ औ मिनेटमा अर्को अवसरलाई इग्ल्याण्डले गुमायो । हेरी मागुइरेले दिएको पासलाई केनले उपयोग गर्दै हानेको हेडबल पोष्टभित्र छिरेपछि तीन अंकको लागि पर्याप्त भयो । त्यस भन्दा अघि बेल्जियमले पानामालाई शुन्यका विरुद्ध तीन गोलले पराजित गरेको थियो ।