युयाले निर्णायक गोलमा जापानद्वारा कोलम्बिया पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ५ गते २०७५ मा प्रकाशित


एजेन्सी –दशजनमा सीमित दक्षिण अमेरिकन टोली कोलम्बियालाई २-१ गोलले पराजित गर्दै एशियन मुलुक जापानले विश्वकपमा सुखद यात्राको शुरुवात गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।

खेलको तेस्रो मिनेटमै कोलम्बियाका डिफेन्स सान्चेजले डिबक्सभित्र हातले बल रोकेपछि रेफ्रीले सिर्ध रातो कार्ड देखाएपछि दशजनामा सीमित कोलम्बियामाथि रोमाञ्चक जित्न भने युया ओसाकाले उत्कृष्ट हेडिङ गरे । केसुई होण्डाले हानेको कर्नर बललाई ओसाकाले ७३ औ मिनेटमा गरेको हेडिङ गोल निर्णायक बनेपछि ऐतिहासिक जित निस्कियो ।

तेस्रो मिनेटमै कोलम्बिया दशजनामा सीमित हुन पुग्यो । कार्लोस सान्चेजले रातो कार्ड पाउँदै बाहिरिदाँ जापानले भने पेनाल्टीको अवसर पायो । पेनाल्टीलाई सिन्जी कागावाले गोल गर्दै छैटौं मिनेटमा जापानलाई अग्रता दिलाए । तर पहिलो हाफ टुगिनु अघि कोलम्बियाले बराबरी गर्दै खेलमा फर्कियो ।

३९ औं मिनेटमा कोलम्बियाले पाएको फ्रिकिकलाई हुवान कोन्टेरोले हानेको ग्रासबललाई जापानीज गोलकिपरको हातले छोएपछि गोललाईनमा रोक्न सकेन् । गोललाईन भित्र छिरेको बललाई रेफ्रीले भिएआरको सहयोगबाट गोलको संकेत गरेपछि जापानलाई पहिलो हाफसम्म कोलम्बियाले १-१ गोलको बराबरीमा रोक्यो । एशियाली देश साउदी अरेबिया, दक्षिण कोरिया र अष्टे«लिया पराजित हुदाँ इरानले मोरक्कोलाई पराजित गरेको थियो ।