इजिप्ट विश्वकपबाट बाहिरिने संघारमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ६ गते २०७५ मा प्रकाशित


एजेन्सी) –आयोजक रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बन्ने सम्भावना हुदाँ इजिप्ट भने बाहिरिने संघारमा छ । अब अन्तिम खेल साउदी अरेबियासँग प्रतिष्ठाको लागि खेल्ने छ । आफना भरपर्दा स्टार मोहम्मद सलाहको आश र भरोसामा रहेको इजिप्टले रसियाको रफ्तारलाई भने रोक्न सकेन् । सलाहले पेनाल्टीमा गोल गरेपनि खेलमा बराबरीको नजिता गर्ने सम्भावना निकै कमजोर बनिसकेको थियो ।

इजिप्ट पनि आत्मघाती गोलको शिकारबाट अगाडि बढ्यो । पहिलो हाफ गोलरहित टुंगिएर प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्दा ४७ औ मिनेटमा आत्मघाती गोलले इजिप्ट पछि पर्यो । अहमेद फातीले आत्मघाती गोल गरेपछि इजिप्टलाई सम्हालिन निकै कठिन भएको थियो ।

आयोजक रसियाले घरेलु मैदानको फाईदा उठाउदै ५९ औं मिनेटमा डेनिस चेरिसिभले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनलाई गोलको अवसर भने मारियो फर्नाडेजले मिलाईदिएका थिए । रसियाले अग्रता तेब्बर भने ६२ औं मिनेटमा बनाउन पुग्यो । आर्टेम जुबाले गोल गरेपछि रसियाको अग्रता फराकिलो बन्दै गयो । आइला कुटपोभले गोलको अवसर मिलाईदिएका थिए ।

मोहम्मद सलाहले ७३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इजिप्टलाई खेलमा फर्काउने प्रयास गरे । तर अन्तर निकै फराकिलो भएकोले इजिप्टको निराशपन बढ्दै गएको थियो । अन्तत इजिप्ट रसियासँग ३(१ गोलले पराजित हुन हुदै बाहिरिने संघारमा छ । रसियाँ छ अकंसहित शीर्षस्थानमा छ । उरुग्वे ३ र इजिप्ट एव साउदी अरेबिया भने अंक विहीन छन् ।