रोनाल्डोको गोलले मोरक्को विश्वकपबाट बिदाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ६ गते २०७५ मा प्रकाशित


एजेन्सी-क्रिष्टियानो रोनाल्डोले पोर्चुगललाई विश्वकपको अन्तिम १६ प्रवेशको लागि ढोका केही खुकुलो बनाउँदा मोरक्को भने बाहिरिएको छ । मोरक्कोले एकपछि अर्को अवसरलाई गोलमा परिणत गर्न नसकेपछि बाहिरिने दोस्रो टोली बन्न पुग्यो ।

पोर्चुगललाई खेलको चौथो मिनेटमा हेडिङ गर्दै निर्णायक गोल गरेपछि युरोकप च्याम्पियन विश्वकपको अन्तिम १६ को सम्भावनालाई कायमै राख्यो । चौथो मिनेटमा पाएको कर्नरलाई सट पास दिदै जोआओ माउटिन्होले लामो क्रस पास उपलब्ध गराए ।

क्रसपासलाई रोनाल्डोले पेनाल्टी बक्स नजिकैबाट हानेको हेडिङ गोलमा परिणत भएपछि पोर्चुगलले मोरक्को विरुद्धको खुशीयाली साट्ने अवसर पायो । पोर्चुगल अंक तालिकामा ४ अंकसहित शीर्ष स्थानमा छ । उरुग्वेले साउदी अरेबियासँग र स्पेनले इरानसँग खेल्ने छ ।  उरुग्वेको ३ अंक छ । स्पेनको १ अंक छ । उरुग्वेले साउदी अरेबियासँग र स्पेनले इरानसँग खेल्ने छ ।