रोनाल्डो बनाए युरोपको सर्वाधिक गोलकर्ताको रेकर्ड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ६ गते २०७५ मा प्रकाशित


एजेन्सी-बुधबार मोरक्कोलाई पराजित गर्न निर्णायक गोल गरेको पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो युरोपको सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा कब्जा गर्दै इतिहास लेखेका छन् । चार विश्वकपमा गोल गर्ने खेलाडीको सूचीमा आफनो नाम लेखाएका रोनाल्डोले मोरक्कोसँगको खेलमा निर्णायक गोल गर्दै जित निकाल्दा उनको ८५ औं अन्तराष्ट्रिय गोल थियो । ३३ वर्षिय उनले १५२ क्याप्स जित्दै ८५ गोल गरेका हुन् । तर उनी एशियन खेलाडी अलि दाइको गोल रेकर्डभन्दा धेरै पछि छन् ।

उनले फेरेनक पुकास (स्पेन)को रेकर्डलाई पछि पार्दै इतिहास आफनो नाममा लेखाए । पुकासको ८९ खेलमा ८४ गोलको रेकर्ड थियो । पुकासले १९४५ देखि १९५६ सम्म खेल्दै उक्त गोलको आँक्डा बनाएका हुन । त्यति बेला उनी फिफाको गोल अफ दि ईयरबाट सम्मानित भएका थिए । उनी भन्दा पछि जापानका कुनाईसिंघ कामामोतोले ८४ औं खेल खेल्दै ८० गोल गरेको तथ्यांक छ ।

क्यारेबियन फुटबल अन्तर्गत जाम्बियाका गडफ्रे चितालुले १०८ क्याप्स जित्दै ७९ गोलको रेकर्ड राखेका छन् ।ब्राजिलका लेजेण्ड खेलाडी पेलेले ९१ खेलमा ७७ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा सातौं नम्बरमा छन् । एशियन फुटबलमा भने इरानका अलि दाइको रेकर्ड कसैले तोड्न भने सकेका छैनन् । उनले १४९ क्याप्समा १०९ गोलको रेकर्ड बनाएका छन । अलि दाइले इरानको लागि १९९३ देखि २००६ सम्म खेलेका थिए ।