कोष्टको गोलले स्पेनलाई राहत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ७ गते २०७५ मा प्रकाशित


एजेन्सी-जित्नै पर्ने दबाव झेलेको स्पेनले इरानलाई पराजित गर्दै विश्वकपको अन्तिम १६ को लागि यात्रालाई जिवितै राखेको छ । पोर्चुगलले पनि मोरक्कोलाइृ पराजित गर्दै ४ अंक जोड्को छ । इरान भने तीन अंक सहित तेस्रो स्थानमा छ । स्पेनले इरानलाई १-० ले हराएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरे । उनको निर्णायक गोलले स्पेन अन्तिम १६ को लागि केही सहज बनेको छ ।

त्यसको करिब १० मिनेटपछि इरानले स्पेनको पोष्टमा बल छिराए पनि त्यसले गोलको मान्यता पाएन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली चुमाएका थिए । तर, रेफ्रीले त्यसलाई अफसाइड दिए । गोल गरेको भनेर सेइद र इरानका समर्थकहरुले गरेको सेलिब्रेसन खेर गयो । भिडियो रेफ्रीले अफसाइड करार गरेपछि उनीहरु निराश बने ।

त्यसपछि कुनै पनि गोल हुनसकेन र स्पेनले १-० को नतिजा निकाल्दै महत्वपूर्ण तीन अंक थप्न सफल भयो । समूह ‘बी’ मा स्पेनको चार अंक भएको छ । यसअघि स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेलेर एक-एक अंक बाँडेका थिए । अन्तिम १६ प्रवेशको लागि अब समूह ‘बी’बाट स्पेन र मोरक्को तथा पोर्चुगल र इरान भिड्नेछन् । विजेता नकआउट चरणमा पुग्ने छ । बराबरीको अवस्थाले पनि स्पेन र पोर्चुगलल समान ५ अंकसहित विजेता र उपविजेता बन्दै प्रिक्र्वाटरफाईनल यात्रा तय गर्ने छन् । पराजयको अवस्थामा गोल अन्तरको आधारमा अगाडि बढ्ने छन् ।